SKIP THIS

S.P.A  Collage

एसपीएमा ४० विद्यार्थीलाई माध्यमिक शिक्षा निःशुल्क पढ्ने अवसर, यसरी भर्न सकिन्छ फाराम ?

एसइईको नतिजा प्रकाशित नभए पनि छात्रवृत्तिका लागि फारम भर्न पाईने

एसपीएमा ४० विद्यार्थीलाई माध्यमिक शिक्षा निःशुल्क पढ्ने अवसर, यसरी भर्न सकिन्छ फाराम ?

धनगढी : सुदूरपश्चिम प्रदेशको शैक्षिक धरोहर प्रदेशकै पहिलो स्मार्ट कलेज सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) ले राष्ट्रिय तथा प्रदेश स्तरीय विशेष छात्रवृत्ति २०८१/८२ घोषणा गरेको छ। एसपीएले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रत्येक जिल्ला र देशभर लागू हुने गरी उक्त विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो।

छात्रवृत्ति योजना अनुसार सुदूरपश्चिमका ९ र कर्णाली प्रदेशका १० जिल्लाका दुई/दुई जना र देशभरका अन्य जिल्लाबाट २ जना विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्तिमा माध्यमिक शिक्षा हासिल गर्ने अवसर प्रदान गरिने कलेजले जनाएको छ ।

छात्रवृत्ति छनोट समिति संयोजक उशा शाहुका अनुसार एसपीएले उपलब्ध गराएको लिङ्क वा कलेजमै आई छात्रवृत्ति फाराम भर्न सकिन्छ। भने कक्षा १० (एसइई) परीक्षा दिएका, एथलेटिक्स, क्रिकेट, फुटबल, उसु, तेक्वान्दो, भलिबललगायत खेलमा कम्तीमा प्रदेशस्तरीय प्रतिस्पर्धी, सामाजिक जीवनमा महत्त्वपूर्ण योगदान दिएका, आर्थिक रूपमा विपन्न तर जेहेन्दार, विद्यालय तहमा साइन्स एक्स्पो, इनोभेसन, अन्वेषण जस्ता गणित, विज्ञान प्रविधिमा भाग लिएको वा खोज गरेको, गीत, सङ्गीत, कलाका क्षेत्रमा अग्रसर तथा पठनपाठनमा अब्बल, नेतृत्वकला, वक्तृत्वकला, उद्यमशीलतामा उत्कृष्टता भएका जुनसुकै एवं एसइईको नतिजा प्रकाशित नभएको अवस्थामा पनि विद्यार्थीहरू ले पनि छात्रवृत्तिका लागि फारम भर्न सक्नेछन् ।

आवेदन दिनका लागि जुनसुकै ठाउँबाट पनि https://docs.google.com/forms/d/e/1FAIpQLSdA7mKDgUjxSnL4Q6pLbRXwVrJgIhJNk-zdZ0Be5R_tUc4blw/viewform लिङ्कमा गएर (क्लिक गरेर), सूचनामा आवश्यक विवरणहरू भरि आवेदन दिन सकिन्छ। अथवा एसपीए कलेजमा आई फाराम भरेर पनि आवेदन दिन सकिने क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।

यही २०८१ जेठ ३० गते बेलुका ५ बजेसम्म छात्रवृत्तिका लागि फाराम भर्न सकिने र २०८१ जेठ ३२ गते, शुक्रवार बिहान ८ बजे देखि अन्तर्वार्ता हुने कलेजले जनाएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू पाइसकेको एसपीए कलेजमा कक्षा ११ मा साइन्स, म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, मानविकी, शिक्षा, कानुन र आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्न चाहने विद्यार्थीहरूले उक्त छात्रवृत्ति फाराम भर्न सक्नेछन्।

यो छात्रवृत्ति कलेजमा प्रदान गरिने नियमित छात्रवृत्ति भन्दा छुट्टै हुने कलेजले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार