नेपाल भारत होम एण्ड अवे सिरिज अन्तरगत आज भएको खेलमा डीसीए विजयी

नेपाल भारत होम एण्ड अवे सिरिज अन्तरगत आज भएको खेलमा डीसीए विजयी

धनगढी, असार ०९ : नेपाल भारत होम एण्ड अवे सिरिजको उद्घाटन खेलमा धनगढी क्रिकेट एकेडेमी (डीसीए) विजयी भएको छ । आइतबार क्रिकेटको सहर धनगढी स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको होम सिरिज अन्तरगत सम्पन्न पहिलो खेलमा डीसीए विजयी भएको हो ।

पहिले टस जितेर ब्याटिङ गरेको डीएनएस इन्डियाको टोलीले १९.५ ओभरमा अल आउट हुँदै धनगढी क्रिकेट एकेडेमी डीसीएलाई १०३ रनको लक्ष प्रदान गरेको थियो ।

खेलको दोस्रो ईनिङमा डीसीएले १ विकेट गुमाउँदै ११.२ ओभरमा १०३ रनको लक्ष पुरा गर्दै ९ विकेटको फराकिलो अन्तरका साथ सहजै जित हासिल गरेको छ ।

जसमा डीसीएका सुबोध ऐरले नटआउट ३५ बलमा ५१ को अर्ध शतक र नरेन भट्टले नटआउट ३० बलमा ४७ रन को योगदान दिएका थिए । भने बलिङ तर्फ डीसीएका अशोक धामीले ५ विकेट लिएका थिए ।

धनगढी क्रिकेट एकेडेमीको आयोजना र एसपीए कलेजको सहकार्यमा भइरहेको पुरुष टी-२० क्रिकेट नेपाल भारत मैत्रीपूर्ण खेल होम एण्ड अवे सिरिज अन्तरगत अवे सिरिजका भारतमा सम्पन्न भएका ३ खेलहरूमा डीसीएले हार व्यहोरेको भए पनि होम सिरिज अन्तरगत खेलाइने ३ खेल मध्ये आज आइतबार पहिलो खेल भने जित्न सफल भएको छ ।

३ दिन सम्म सञ्चालन हुने मैत्रीपूर्ण खेलमा नेपालका तर्फबाट धनगढी क्रिकेट एकेडेमी (डीसीए) को टिम र डीएनएस इन्डिया ले मैत्रीपूर्ण खेल खेली रहेका छन् ।

नेपाली क्रिकेट जगतमा डीसीएले थालनी गरेको सेतो ड्रेस र रातो बल प्रयोग गर्ने अभियान अन्तरगत रही नेपाल भारत होम एण्ड अवे सिरिजमा पनि सेतो ड्रेस र रातो बलको प्रयोग गरी खेल खेलाइँदै छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार