नेपाल भारत होम एण्ड अवे सिरिज क्रिकेटको सहर धनगढीमा सुरु

नेपाल भारत होम एण्ड अवे सिरिज क्रिकेटको सहर धनगढीमा सुरु
प्रकाशित : :

धनगढी, असार ०९ : नेपाल भारत होम एण्ड अवे सिरिज क्रिकेटको सहर धनगढीमा सुरु भएको छ । आइतबार देखी फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उक्त नेपाल भारत मैत्रीपूर्ण खेल होम एण्ड अवे सिरिज सुरु भएको हो ।

धनगढी क्रिकेट एकेडेमीको आयोजना र एसपीए कलेजको सहकार्यमा भइरहेको पुरुष टी-२० क्रिकेट नेपाल भारत होम एण्ड अवे सिरिजको उद्घाटन सुदूरपश्चिम प्रदेश क्रिकेट संघका अध्यक्ष बासुदेव जोशीले गरेका छन् ।

उक्त प्रतियोगिता अन्तरगत अवे सिरिजका ३ खेल भारतमा सम्पन्न भएका खेलहरूमा डीसीएले हार व्यहोरेको र होम सिरिज अन्तरगत ३ खेल नेपालको क्रिकेटको सहर धनगढीमा खेलाइन लागेको छ भने उक्त सिरिजमा नेपालका तर्फबाट धनगढी क्रिकेट एकेडेमी (डीसीए) को टिम र डीएनएस इन्डिया ले मैत्रीपूर्ण खेल खेली रहेको डीसीएका म्यानेजर समुयल न्यौपानेले जानकारी दिए ।

नेपाली क्रिकेट जगतमा डीसीएले थालनी गरेको सेतो ड्रेस र रातो बल प्रयोग गर्ने अभियान अन्तरगत रही नेपाल भारत होम एण्ड अवे सिरिजमा पनि सेतो ड्रेस र रातो बलको प्रयोग गरी खेल खेलाईदैछ । जस अन्तरगतको पहिलो खेल आज सुरु भइसकेको छ भने यो मैत्रीपूर्ण खेल तीन दिन सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट