तामाङको एकता भैँसी र्फामले एसपीए स्टार्टअप फण्डबाट १० लाख पाउने

तामाङको एकता भैँसी र्फामले एसपीए स्टार्टअप फण्डबाट १० लाग पाउने

धनगढी, असार १० : धनगढी स्थित सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजले नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ थालनी गरेको स्टार्टअप फण्डको पहिलो विजेता मेखराज तामाङ बनेका छन् । सोमबार भएको ग्य्राण्ड फिनालेमा एसपीए कलेजमा बिबिएस तेस्रो वर्ष अध्ययनरत छात्र तामाङको एकता भैँसी र्फाम स्टार्टअप आइडिया छनौटमा परेको हो ।

तामाङको स्टार्टअप आइडिया उत्कृष्ट १ मा छनौट भए सँगै उनलाई कलेजले १० लाख रुपैयाँ प्रदान गर्ने छ ।

२०८० साउन १७ गते एसपीए कलेजले ‘एसपीए स्टार्टअप फन्ड’ को घोषणा गरे सँगै २०८० भदौ २५ गते सम्म विद्यार्थिहरु लाई आफ्नो आइडिया सहितको प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।

सोही अनुसार प्रस्तावित आइडियाहरू माथि विद्यार्थिहरुले विभिन्न चरणमा प्रकाश पारेसँगै त्यस बाट उत्कृष्ट ५ ओटा आइडिया छनौट गरी कलेजको पेजमा उनीहरूका आइडिया सार्वजनिक गरी त्यसबाट सर्वसाधारणको प्रतिक्रिया लिइएको थियो भने २०८१ असार १० गते तीन जना जज सहितको भव्य ग्राण्ड फिनाले कार्यक्रम मार्फत उत्कृष्ट स्टार्टअप आइडिया छनौट गरिएको छ ।

उक्त कार्यक्रमको प्यानल अफ जजमा आइएनजी ग्रुप नेपालका अध्यक्ष सुलभ बुढाथोकी, कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा र एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय रहेका थिए ।

फाइनल राउन्डमा उनीहरूले आफ्नो आइडिया प्रस्तुत गरे सँगै अनलाइन भोटिङ, आइडिया प्रस्तुत गर्ने शैली, आत्मविश्वास, बजारले स्वीकार गर्ने योग्य सम्भाव्यता र जजहरूको दिएको नम्बरको आधारमा नवीन सोच, योजना, विचार लाई उत्कृष्ट स्टार्टअप आइडिया घोषणा गरिएको कोषका संयोजक मनोज भट्टले बताए ।

भट्टका अनुसार उत्कृष्ट ५ स्टार्टअप आइडिया मध्ये पहिलो भएको मेखराज तामाङको एकता भैँसी र्फाम स्टार्टअप आइडियाले कलेजबाट प्रदान गरिने स्टार्टअप फण्ड मार्फत दश लाख नेपाली रुपैयाँ प्राप्त गरेको छ भने दोस्रो रोशन सिंहको धनगढी गट फार्मिङ, तेस्रो यशोदा जोशीको इमेज फुटवयर, चौथो आयुस्मा जोशीको फारवइस्ट डेकुरेसन हब र रमेश रानाको प्रिन्स पोल्ट्री र्फाम स्टार्टअप आइडियाले पाँचौँ स्थान हासिल गरेको थियो ।

एकता भैँसी र्फाम स्टार्टअप आइडिया प्रस्तुत गरी विजेता बनेका मेखराज तामाङले यो विशेष अवसरका लागि एसपीए कलेज परिवार लाई धन्यवाद दिँदै आफ्नो आइडिया साकार पार्न शतप्रतिशत मेहनत गर्ने र लगानी कर्ता कलेजलाई दुखी नबनाउने बताएका छन् ।

सो अवसरमा प्रतिक्रिया दिँदै जज समेत रहेका कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले एसपीए कलेजले प्राइभेट क्षेत्रबाट पनि नव उद्धमीहरु को नवप्रवर्तनको निम्ति आफ्ना विद्यार्थिहरु लाई प्रोत्साहन गर्नु नौलो र उदाहरणीय काम भएको बताउँदै यस कार्यको लागी कलेज परिवारलाई स-धन्यवाद बधाई दिएका छन् ।

यस्तै, उक्त कार्यक्रमको जज समेत रहेका आइएनजी ग्रुप नेपालका अध्यक्ष सुलभ बुढाथोकीले यो उत्कृष्ट कार्यको लागी एसपीए कलेजलाई बधाई दिँदै विजेता तथा टप फाइनलिष्टहरु ले आफ्नो आइडियामा निरन्तर काम गरे सदैव सहयोग गर्न तयार रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एसपीए कलेजले स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन, आईटीका विभिन्न विषयहरू सञ्चालन गरिरहेको छ । भने विश्व बजारको अनुभव विद्यार्थीलाई गराउने उद्देश्यले देश विदेशबाट भिजिटिङ स्कलरहरूलाई निम्ताउने, विभिन्न देशका कलेजहरूसँग भगिनी सम्बन्ध स्थापना गर्ने, विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन विभिन्न १५ वटा क्लबहरू गठन गर्नु, सेन्ट्रल डिजिटल ब्रोडकास्टिङ सिस्टम, निःशुल्क डेडिकेटेड कर्पोरेट वाइफाई जोन, मल्टिमिडियायुक्त कक्षा कोठा, आफ्नै छुट्टै वेबसाइट र एप, सेमिनार हल, आधुनिक ल्याब, लाइब्रेरीले एसपीए कलेजलाई यस क्षेत्रमा विशिष्ट पहिचान दिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार