१०+२ एसपीए पढ्ने विद्यार्थीलाई ‘युनिक’ फेरी भेटौँला तथा बिदाइको थालनी, विद्यार्थी खुसी

१०+२ एसपीए पढेका विद्यार्थीलाई 'युनिक' फेरी भेटौँला तथा बिदाइ कार्यक्रमको थालनी, विद्यार्थी खुसी

धनगढी: धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपीए)ले कक्षा १२ मा अध्ययनरत विद्यार्थिहरु को बिदाइ गरेको छ । बुधवार भव्य फेरी भेटौँला कार्यक्रमको आयोजना गर्दै क्याम्पसले विद्यार्थिहरु को बिदाइ गरेको हो ।

सम्भवतः सुदूरपश्चिम प्रदेश भरीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थिहरु लाई (ग्र्याजुएसन समारोह) को आयोजना गरी बिदाइको समय विशेष, यादगार बनाउने तथा स-सम्मान बिदाइ गर्ने पहिलो प्रयत्न थाल्ने क्याम्पस एसपीए बनेको छ ।

भने उक्त कार्यक्रममा आकर्षक ड्रेस र प्रमाण पत्र ग्रहण गर्न पाउँदा उत्साहित एवं सम्मानित महसुस गरेको बताउँदै अविस्मरणीय पलका लागि विद्यार्थिहरुले एसपीए परिवार प्रती हार्दिक आभार प्रकट गरेका छन् ।

१०+२ का विद्यार्थिहरु को यस ढङ्गले बिदाइ गर्दा उनीहरूमा केही हासिल गरेको महसुस हुनुका साथै पढ्नु पनि ठुलो सफलता हो सम्मानित काम हो भनी पढाई प्रति अझै सकारात्मक भाव प्रकट हुने हुँदा उक्त फेरी भेटौँला कार्यक्रमको आयोजना गरिएको क्याम्पसले जनाएको छ ।

फेरी भेटौँला कार्यक्रममा एसपीए मा.वि.मा कक्षा १२ मा विभिन्न सङ्कायमा अध्ययनरत सयौँ विद्यार्थिहरु, सञ्चालक, प्रधानाध्यापक, व्यवस्थापक तथा प्राध्यापकहरूको भव्य सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार