पुर्चौडीको भटनामा रहेको तामा खानि रहस्य मै !

पुर्चौडीको भटनामा रहेको तामा खानि रहस्य मै !
प्रकाशित : :

भटना : बैतडीको पुर्चौडीमा रहेको तामा खानि गुमनाम अवस्थामा रहेको छ । जिल्लाको पुर्चौडि नगर पालिका वडा नं ४ भटना काराकोटमा अवस्थित यो तामा खानि वैज्ञानिक खोज अनुसंधानको अभाव र सम्बन्धित निकायहरूले ध्यान नदिँदा ओझेलमा परेको हो ।

बर्षौ पहिले स्थानीयहरूले उक्त ठाउँमा रहेको चट्टानमा तामा रहेको जानकारी पाए पछि तामा प्रशोधन गरी भाडाकुडाहरू समेत बनाइएको स्थानीय हर्क बहादुर बोहोराले बताए । पहिला बनाइएका स्थानीय भाडाहरू अहिले पनि छन्, ‘अहिले हामीलाई यो सम्बन्धी ज्ञान नहुँदा हामी यी चट्टान काटेर काटेर तामा प्रशोधन गर्न सक्दैनौ ।’ बेहोराले भने ।

स्थानीय हर्क बहादुर बोहोराको घर नजिकको निजी दर्ता जमिनमा रहेको र त्यसको एक किलोमिटर वरिपरि तामा मिश्रित ढुङ्गाहरू पाइने गरेको पु.न.पा ४ का वडा सचिव तथा स्थानीय डम्बर दत्त भट्टले जानकारी दिए ।

पुर्चौडीको भटनामा रहेको तामा खानि रहस्य मै !
वडा नं ४ भटना काराकोटमा अवस्थित यो तामा खानि

तामा कति मात्रा र कति क्षेत्रफलमा छ ठ्याक्कै भन्न नसकिए पनि तामा रहेको र वर्षा तथा गर्मी याममा चट्टानहरूबाट तामा तरल पदार्थ चुहिने गरेको भट्टले बताए । खानिको विस्तृत अध्ययन गरी उत्खनन गर्न सके आर्थिक समृद्धि र रोजगारीको समेत सृजना हुने उनको भनाइ छ ।

तामा खानिको लागि पुर्चौडि नगर पालिका वडा नं ५ मा रहेको भूमिराज गाडाभौनेली मन्दिरबाट खानि हुँदै पुर्चौडि नगर पालिका ४ धौलकाडा सम्म औद्योगिक सडक निर्माणको लागि प्रयास भइरहेको र नगर सरकार तामा उत्खननको निम्ति सकारात्मक रहेको पुर्चौडि नगर पालिका प्रमुख दीपक बहादुर बम ले बताए ।

भटनामा परापूर्व काल देखी पत्थर खानी भने निरन्तर उत्खनन भई रहन्छ । त्यहाँ बाट निकालिएका पत्थर (स्लेट) ले त्यहाँका अधिकांश घरको छानो बनाइएको छ भने अन्य विभिन्न जिल्लामा पनि पत्थर लगिँदै आइएको छ । धार्मिक पर्यटनको शतप्रतिशत सम्भावना बोकेको यो ठाउँ विभिन्न खानीहरू उत्खनन गर्न सके धेरैलाई स्वदेशमै रोजगारी र देशको अर्थतन्त्र सुधामा ठुलो टेवा पुग्ने थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

77%

खुसी

5%

दुःखी

14%

अचम्मित

5%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार