समयमा ध्यान नपुग्दा नामको सडकमा ज्यानको बाँजी लगाएर यात्रा गर्न बाध्य भटनाका नागरिक 

जनप्रतिनिधिहरूले ध्यान नदिए पछि नामको सडकमा ज्यानको बाँजी लगाएर यात्रा गर्न बाध्य भटनाका नागरिक 

धनगढी: फराकिलो बाटोमा मोटर गुडाउने आसले जेसीबीको घाउ खपेको भटनामा सहजरुपमा हिँड्न समेत सास्ती हुने गरेको छ । हो २०७८ वैशाख-जेठमा पहिलो पटक बैतडीको पुर्चौडी नगरपालिकाले डल्लो बजेटबाट वडा नं. ४ को वडा कार्यालय नगरपालिकाको कार्यालय सँग जोड्ने गरी सडक निर्माण कार्य थालिएको थियो ।

नगरपालिकाले जेसीबी मार्फत सडकको ट्र्याक खोल्ने काम गर्दा त्यहाँका स्थानीयको कतिको खेती योग्य जमिन कतिको खर, मेलापातका लागी प्रयोग हुँदै आएको जग्गा जमिन तहसनहस भयो । पर्यावरणको स्वरूप फेरियो, हरियाली देखिने भिर पाखा उजाड भए तर पनि सडक सञ्जाल सँग जोडिन पाउने खुसीले त्यहाँका नागरिकले त्यो सबै सहे र सुविधा उपभोग गर्ने लोभमा वातावरणीय सौन्दर्य सँग जेसीबीलाई खेल्न दिए ।

अब अहिले त्यहाँ जेसीबी को घाउ मेटाउन त्यहाँको स्थानीय सरकारले समयमा सडक मर्मत सम्भारमा गरेको छैन । फल स्वरूप प्रकृतिले आफ्नो घाउ लुकाउन खोज्दा त्यहाँका नागरीले हैरानी खेप्नु परेको छ । सडकमा मोटर गुडाउने सपना देखेका नागरिकले दुई खुट्टाले हिन्न मिल्ने बाटो समेत बचेको छैन ।

त्यहाँका नागरिकलाई संविधानले प्रत्याभूत गरेका सेवा सुविधा नागरिकलाई दिलाउनु सरकार भएको महसुस गराउनु पहिलो कर्तव्य स्थानीय सरकार अर्थात् नगरपालिका र वडा पालिकाको हो । यती सम्मकी सके आफै गर्नु नसके संघ र प्रदेश सरकार सँग समन्वय गर्नु पर्ने नैतिक र कानुनी जिम्मेवारी समेत स्थानीय तहको हुन आउँछ, भनी राख्नु पर्ने विषय हैन तर स्वचालील रुपममा समयाक्र सँगै हुने कामहरू पनि आफूहरूले गरेको भन्दै मक्ख छन् जनप्रतिधीहरु ।

जनप्रतिनिधिहरूले ध्यान नदिए पछि नामको सडकमा ज्यानको बाँजी लगाएर यात्रा गर्न बाध्य भटनाका नागरिक 

अहिले पुर्चौडी नगरपालिका वडा नम्बर ४ को भटना गाउँ देखि वडा कार्यालय सम्म निर्माण गरिएको सडक बर्सातमा ठाउँ/ठाउँमा गएको पहिरो सफा नभए पछि अझ भनौँ प्रकृतिले आफ्नो घाउमा आफै मलहम लगाउन खोजे पछि साबिकका वडा नं ७ र ८ का स्थानीय हरू दैनिक जोखिम मोल्दै ओहोर दोहोर गर्न बाध्य छन् ।

जनप्रतिनिधिहरूले ध्यान नदिए पछि नामको सडकमा ज्यानको बाँजी लगाएर यात्रा गर्न बाध्य भटनाका नागरिक 

त्यहाँका किसानलाई गाई बस्तु, पशु चौपाया र मालिका मा.वि भटनामा अध्ययनरत विद्यार्थीहरू लाई सबै भन्दा बढी जोखिम छ । किनकि उनीहरू मनमा अनेकौँ सपना सजाउँदै जिविको पार्जन गर्न होस् या ज्ञान आर्जन गर्न भिरको बाटो (डुङारा काठा) छिचोल्दै साँझ बिहान उच्च जोखिममा हिँड्न बाध्य जो छन् ।

जनप्रतिनिधिहरूले ध्यान नदिए पछि नामको सडकमा ज्यानको बाँजी लगाएर यात्रा गर्न बाध्य भटनाका नागरिक 

सडक ट्र्याक खोल्नु अघि ढुक्क सँग नानी बाबुहरू विद्यालय आउने जाने गरेको भए पनि पछिल्लो समय फराकिलो बाटोमा लगातार बस चढ्न नपाए पनि एक घण्टा विद्यालय सम्मको यात्रामा थप सहजता आउने आस बोकेका विद्यार्थीहरू दैनिक (५०० देखी १००० मिटर) उचाइमा रहेका भिर पाखामा उच्च जोखिममा आवतजावत गर्ने गरेको देख्दा दुःख लागेको बताउँदै सम्बन्धित निकायले समयमै सडकको स्तरोउन्नती गरी दिए यस ठाउँको भलो हुने मालिका मा.वि.भटनाका शिक्षक गंगा दत्त भट्टको भनाई छ ।

अहिले सुख्खा मौसम छ हिलो पानी नहुँदा पहिरोको जोखिम केही कम छ । तर गत असोजमै सोही सडक ट्र्याकमा वडा कार्यालयबाट घर जाने क्रममा (धामिका इजर) मा पहिरो खसेर पु.न.पा-४ सुर्जाङलका मनि नाथ गम्भीर घाइते भएको दुःख ताजै भएको र पछिल्लो समय थप जोखिम बढ्दै गइरहेको हुँदा उक्त सडक खण्डको यथाशीघ्र मर्मत हुनु पर्ने स्थानीय जनक धामीको माग छ ।

धामी को मात्रै नभई त्यहाँका सबै स्थानीयको स्पष्ट र सामान्य माग भनेकै सहजरुपमा हिँडडुल गर्ने बाटो बनोस् भन्ने नै हो तर कल्पना गर्नुस् त बार्सौ देखी गाउँ बस्तीमा सडक, विद्युत्, स्वास्थ्य, शिक्षा लगायतका विषयहरू सहज रूपमा उपलब्ध हुन, अहिले प्रविधिको युगमा केही सहयोगी सवारी साधनको प्रयोग गर्न मिलोस् भनी हरेक चुनावमा भोट दिँदै जनप्रतिनिधि चुन्दै पठाउने त्यहाँका सोझा नागरिकको सडक भन्ने बित्तिकै तपाई हाम्रो जस्तै आफ्नै घर आँगनमा मोटर गाडीमा सररर यात्रा गर्ने सपना रहर धोके जेसुकै भन्नुस् न होला र ?

जनप्रतिनिधिले समयमा ध्यान नदिए पछि त्यहाँका नागरिकले ज्यानको बाँजी कहिले सम्म लगाउने ?

यद्धपी नगरपालिकाको वडा नं. ४ भटनाका वडा अध्यक्ष दिल बहादुर धानुक (विकाश)ले १५ दिन भित्र पुरा गर्ने गरी वडाकै बगौर मुड्खोला हुँदै वडा कार्यालय सम्म जोड्ने सडक निर्माण कार्य तीव्र रूपमा चलिरहेको बताए । उक्त सडक बने लगत्तै भटना देखी वडा कार्यालय जोड्ने सडक मर्मत कार्य पनि गरिने र यस कामका लागी सिङ्गो नगरपालिका र नगरप्रमुख ज्यु को सहयोग निकै प्रशंसनीय रहेको वडा अध्यक्ष धानुकको भनाई छ ।

‘तपाईँहरूले उठान गर्नुभएको विषय हामीले पनि महसुस गरेका छौँ, वास्तवमै बर्सादको समयबाट भटना देखी वडा कार्यालय जोड्ने सडकको अवस्था निकै नै कठिन बनेको छ । नागरिकले जोखिम पूर्ण यात्रा गर्नु परिरहेको छ । यो निकै दुःखद विषय हो हामी जनप्रतिनीधीहरु का लागी पनि तर यो समस्याको हल नगरपालिकाको सहयोगमा चाँडै निकाल्न हामी लागी परेका छौँ ।’

उनले भने ।

सडकको दिगो विकास र स्तरोउन्नतीका लागी यस बाहेक थप तपाईँको पहल के छ भनी पुर्चौैडी नगरपालिकाका नगर प्रमुख दीपक बहादुर बम लाई बुझ्न खोज्दा उनको भने फोन उठेन । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

8%

खुसी

92%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार