सडक सञ्जाल सँग जोडिँदै भटना, वर्षौँ देखीको पर्खाइ पुरा भएकोमा स्थानीय हर्षित !

डिपिआर भन्दा बाहिर सडक निर्माण हुने डर

सडक सञ्जाल सँग जोडिँदै भटना
बैतडीः बैतडीको पुर्चौडी नगरपालिका वडा नंं. ४ भटना सडक सञ्जाल सँग जोडिँदै छ ।
विश्व जगतलाई आक्रान्त बनाएको कोरोना भाईरसद्धारा श्रीजित लकडाउन अर्थात् निषेधाज्ञाका बाबजुद पनि अहिले पुर्चौडी नगरपालिका वडा नंं. ४ मा विकास निर्माणका कार्यले तीव्रता पाएको छ ।
अहिले नगरपालिकाको १ करोड डल्लो बजेट बाट सो सडक निर्माण कार्य भइरहेको वडा.नंं. ४ का अध्यक्ष शैलेन्द्र धानुकले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पुर्चौडी नगरपालिकाको नगर भित्रका वडा कार्यालयहरूमा सडक पुर्‍याउने निर्णय अनुरूप १ करोड डल्लो बजेट अहिले (वडा.नं. २, ४, ९) गरी ३ वटा वडालाई लक्षित गर्दै खर्च गर्ने निर्णय भएको छ । सोही रकम अन्तरगत रही हाम्रो वडा नंं. ४ मा पनि यस्तो लकडाउनको समयमा पनि विकास निर्माण कार्य सुचारु राखेका छौ ।’
त्यस्तै, वडा अध्यक्ष धानुकले ‘अहिले नगरपालिकाकै बजेटमा हाम्रो वडा नंं. ४ मा कुवाकोट, चक्किबगड, बागा हुँदै भटना मालिका, महादेव सहितका धार्मिक पर्यटकीय स्थलहरू जोड्दै वडा कार्यालय सँगसँगै रहेका भटना स्वास्थ्य चौकी सम्म सडक जोड्ने कार्य भइरहेको छ । भने उता कुवाकोट, बगौर हुँदै धौलकाडा स्लेट खानी सम्म पनि सडक निर्माणको कार्य जारी रहेको बताउनुभयो ।’
त्यस्तै, निर्माण कार्य जारी रहेको कुवाकोट, चक्किबगड, बागा हुँदै भटना मालिका, महादेव सहितका धार्मिक पर्यटकीय स्थलहरू जोड्दै वडा नंं. ४ को वडा कार्यालय र सँगसँगै रहेको भटना स्वास्थ्य चौकी सम्म पुर्‍याउने लक्षसहित काम थालिएको सडक निर्माणको लागी कुवर निर्माण सेवा सँग सम्झौता भएको र निर्माण सेवाले (जेसीवी) प्रयोग गरेबापत प्रति घण्टा ३ हजारका दरले नगरपालिका बाटै काम गरेको रकम भुक्तानी पाउने सम्झौता समेत भएको अध्यक्ष धानुकले बताउनु भयो ।’
साथै अध्यक्ष धानुकले सडक निर्माणमा (जेसीवी) प्रयोग भएको देह्रोर्याउदै उक्त मेसिनको क्षमताले भ्याए सम्म अहिले निरन्तर सडक निर्माणको काम गरिने र बाकी नगरपालिकाको निर्माण सामग्री तथा अन्य विकल्पहरू प्रयोग गरी सडक निर्माण कार्य अगाडी बढाइने बताउनु भयो ।
यस्तै, वडाका विभिन्न टोल सहित वडा कार्यालय तथा सँगसँगै रहेको स्वास्थ्य चौकीसम्म सडक पुर्‍याउने लक्षसहित सडक निर्माणको काम भइरहेकोमा वडा नंंं. ४ का स्थानीय प्रजापति भट्टले खुसी व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘वार्षै देखीको पर्खाई पुरा भइरहेको छ । वडाका टोलटोलमा सडक विस्तार भइरहेको छ । वडाकार्याल, स्लेट खानी, स्वास्थ्य चौकी लगायत धार्मीम पर्यटकीय स्थलहरू समेत समेट्ने गरी सडक निर्माण कार्यले तीव्रता पाएको छ । अवश्य पनि खुसी लागेको छ , खुसी छु । उहाँले भन्नुभयो ।’
तर, ‘यस्तो विकास निर्माणको काममा पनि विभिन्न ठाउँमा विवाद तथा डिपीआर भन्दा बाहिर काम गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ । त्यस्ता केही तत्त्वहरूले दुःखी बनाइरहेको छ । तथापि वडा अध्यक्ष ज्यु लगायत अन्य सरोकारवालाहरूले डिपिआर भन्दा सडक कहिकतैपनि बाहिर जान नदिने प्रतिबद्धता जनाउनुभएको छ । हामी जनता भनौँ या उपभोक्ताहरू पनि विश्वस्त भएको छौँ । हामीलाई भरोसा छ त्यस्तै हुने छ । भट्टले भन्नुभयो ।’
यद्यपि प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको पुर्चौडी नगरपालिकाको वडा नंं. १ त्रिवेणी धाम देखी वडा नं. ४ को धार्मिक पर्यटकीय स्थल पनेरु कोट सम्म जोड्ने सडकको निर्माण कार्य भने अहिले ठप्प रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार