यो देशमा एउटा बाढी आएको हेर्न मन छ !

यो देशमा एउटा बाढी आएको हेर्न मन छ !
प्रकाशित : :

चाहिएको छ यो देशमा एउटा बाढी चाहिएको छ
अद्भुत शक्तिशाली बाढी आएको हेर्न मन छ

आओस यो देशमा एउटा बाढी आओस
यस्तो बितण्डता मच्चाएर जावस
जस्ले…………..
महाकाली बेच्ने ब्यापारी हरु बगाओस
सरणार्थी का साहु र साउनी हरु डुबाओस
सुन तस्करी का सुनार सराफी हरु बगाओस
गिरिबन्धु का नक्कली मालिक हरु बगाओस
आओस यो देशमा एउटा बाढी आवस
यस्तो बितण्डता मच्चाएर जावस
जस्ले…………..
नागरिकता ब्यापारी का नागरिकता बगाई देओस
रातो पासपोर्ट बेच्ने साहु हरुका पासपोर्ट बगाई देओस
सरकारि जग्गा किनबेच गर्ने का लालपुर्जा बगाई देओस
यति,ओम्नि,महामारी मा पनि कमिसन ताक्ने हरु बगाओस।।
चाहिएको छ यो देशमा एउटा बाढी चाहिएको छ
अद्भुत शक्तिशाली बाढी आएको हेर्न मन छ।।

आओस यो देशमा एउटा बाढी आओस
यस्तो बितण्डता मच्चाएर जावस
जस्ले…………..
धर्म बेच्ने देखि सहकारी ठग्ने सबै लाई बगाओस
सरकारी उद्योग बेच्ने नक्कली उद्योग पति लाई बगाई देओस
मदन भण्डारी का नाम मा कुत खाने एमाले बगाओस
बिपि बिपि भन्दै देश लिलाम गर्ने काङ्ग्रेस बगाओस
लेलिन माओ र जनयुद्ध बेच्ने माओवादी बगाओस
राजाको बजारी करण गरि पेट पाल्ने राजावादी बगाओस
छिमेकीको ईसारामा चल्ने मधेसवादी बगाओस
समाजवाद खोख्ने ‘र’ अ का एजेन्ट बगाओस।।
आओस यो देशमा एउटा बाढी आओस
यस्तो बितण्डता मच्चाएर जावस
जस्ले…………..
कर्मशिल जनताको घर छेउ को बाटै नदेखोस
देशको भोक मेटाउने अन्न उब्जाउने खेत वारि नदेखोस
रेमिटान्स पठाउने युवाको परिवारलाई छुने चेष्टा समेत नगरोस
यस्ले सुकुम्बासी गरिव का चुहिने छाना लाई देख्दै नदेखोस
चाहिएको छ यो देशमा एउटा बाढी चाहिएको छ
अद्भुत शक्तिशाली बाढी आएको हेर्न मन छ।।

आओस यो देशमा एउटा बाढी आओस
यस्तो बितण्डता मच्चाएर जावस
जस्ले…………..
यो देश लाई जोगाएर
यो देसका भ्रष्टाचारि हरु बगाएर लगोस
कमिसन खोरिहरु बगाएर लगोस
देश द्रोहि हरुलाई तिनको लासै नभेट्टिने गरि बगाओस।।
आओस यो देशमा एउटा बाढी आओस
यस्तो बितण्डता मच्चाएर जावस
जस्ले………..
किसान का खेतका आली रोज्दै नरोजोस
जनताको घरदैलो र जिउ ज्यान देख्दै नदेखोस
जस्ले यो देश जोगाउन
यी देशद्रोहि हरु बगाएर लगोस
देश लुट्नेे हरु बेपत्ता बनाएर लगोस।।

चाहिएको छ यो देशमा एउटा बाढी चाहिएको छ
अद्भुत शक्तिशाली बाढी आएको हेर्न मन छ
जस्ले यो देश जोगाउन
यी देशद्रोहि हरु बगाएर लगोस
देश लुट्नेे हरु बेपत्ता बनाएर लगोस ।।

  • प्रकाशित शब्द रचना राजेन्द्र भट्टका हुन् ।

यो पनि आज… [कविता]

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार