केपी ओली अभिनित फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक

केपी ओली अभिनित फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक
प्रकाशित : :

काठमाडौँ : रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक भएको छ । जसमा तेजाब पीडितहरूको कथा र पीडालाई प्रस्तुत गरिएको छ ।

के कारणले युवती वा युवकविरुद्ध एसिड प्रहार हुन्छ? एसिड प्रहार भएपछि पीडितहरूले न्याय पाउन भोग्नुपरेका सास्ती ट्रेलरमा देखाइएको छ ।  फिल्ममा पर्साकी तेजाबपीडित मुस्कान खातुनलगायत मुख्य कलाकार छन् ।

त्यसैगरी विशेष भूमिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललाई पनि ट्रेलरमा छन् । 

एसिड आक्रमणविरुद्ध पीडितले न्याय पाउनुपर्ने मागसहित गरेको प्रदर्शनमा यी नेताहरूको समर्थन र योगदान फिल्ममा देखाइएको छ ।

तेजाब पीडितहरूको कथामा आधारित यस फिल्मको कथा शिवन अधिकारीले लेखेका हुन्। फिल्ममा खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनिल कटुवाललगायतले अभिनय गरेका छन् । 

सत्य घटनामा आधारित यो फिल्ममा एसिड आक्रमणमा परेका ३३ जनाको पीडा समेटिएको ढुंगानाले जानकारी दिए ।

रमितकै निर्माण रहेको यो फिल्म भदौ ७ गते रिलिज हुँदै छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार