बर्दीको आढमा बदनियत राखी प्रहरी सङ्गठनकै बदनाम गर्ने असई पन्त र ट्राफिक हवलदार बमलाई कारबाही गर्न माग

बर्दीको आढमा बदनियत राखी प्रहरी सङ्गठनकै बदनाम गर्ने असई पन्त र ट्राफिक हवलदार बमलाई कारबाही गर्न माग
प्रकाशित : :

धनगढी : नेपाल पत्रकार महासंघ कैलालीले प्रहरी सहायक निरीक्षक रामदत्त पन्त र ट्राफिक हवल्दार बिजय बमलाई कारबाही गर्न माग गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गदै महासंघले धनगढीका पत्रकार रमेश अयडीलाई सामान्य चेकजाँचमा हत्कडी लगाउने उनीहरुलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कैलाली समक्ष माग गरेको हो ।

शुक्रबार राति धनगढी बजारमा ट्राफिक चेकिङका एसटिएस टेलिभिजनमा कार्यरत पत्रकार अयडीलाई ट्राफिक प्रहरी बम र जिल्ला प्रहरी कार्यालयमा कार्यरत असई पन्तको कमाण्डमा रहेको टोलीले सामान्य चेकजाँचमा हत्कडी लगाएर पक्राउ गरि हिरासतमा लगेको थियो ।

सो घटनाप्रति पत्रकार महासंघ कैलालीले घोर आपत्ति जनाएको छ । ‘यस घटनामा संलग्न असई पन्त र ट्राफिक हवल्दार बमलाई आवश्यक अनुसन्धान गरि कार्वाहीका लागि अनुरोध गर्दछौँ,’ महासंघका अध्यक्ष हिमालय जोशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पत्रकार अयडीलाई सामान्य चेकजाँचका क्रममा हत्कडी लगाएर पक्राउ गरि हिरासतमा लगेपछि कैलाली प्रहरी पनि विवादमा तानिएको छ । पछिल्लो समय धनगढीमा ट्राफिक प्रहरीको काम सवारी आवतजावतलाई सहजीकरण गर्नु भन्दा पनि चेकिंङ र दण्ड दिने काम बढी भएको आरोप लागेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार