जुँगामुनि नक्कली बर्दी लाएर कैलालीमा कालो कर्तुत,नागरिक जिल्ल, प्रहरी मुक दर्शक !

जिल्ला प्रहरी कार्यालय कैलाली

धनगढीः पछिल्लो समय कैलालीमा प्रहरीकै कपडा लगाएर आतङ्क मच्चाउने अप्राधिक क्रियाकलाप (लुटपाट,चोरी-डकैति, महिला माथि बलात्कारको प्रयास तथा कुटपिट) लगाएतका अन्य अप्रधिक कार्यहरु बढ्दै गएका छन् । गएको सोमबार साँझ कैलालीको धनगढीमा प्रहरीको ज्याकेट लगाएका एक जना अपरिचित युवकले हतियार देखाएर पसलमा रहेको नगद सहित रिर्चार्ज कार्ड लुटेर भागे ।

मोहनापुल अत्तरिया ६ लेन सडक खण्ड स्थित बोराडाँडीको न्यू विशाल भण्डार किराना पसलमा रिर्चाज कार्ड किन्ने बाहानमा पसलमा पुगेको ति युवकले पसलका संचालक यादवप्रसाद भट्टको कन्चटमा पेस्तोल लगाएर पसलको गल्लामा भएको ५२ हजार रुपैयाँ नगद सहित रिचार्ज कार्ड लुटेर फरार भए । संचालक भट्टका अनुसार प्रहरीको ज्याकेट लगाएका ति युवकले जाने बेला खुकुरी निकालेर टेलिफोनको तार समेत काटेर गए ।

साझँ पखको समयमा मोटरसाईकलमा आएका ति युवकलाई प्रहरी नै मानेर आफुले सम्मानका साथ कुरा गरेपनि उनले प्रहरीकै बदनाम गर्दै लुटपाट गरेर गएको संचालक भट्टले बताए । संचालक भट्टले ति ब्यक्तिलाई नयाँ भएकाले चिन्न सकेनन् ।

त्यसको केही दिन अगाडी यता अत्तरियामा पनि प्रहरीको ज्याकेट र टोपी लगाएको एक युवकले महिला माथि कुटपिट गरेको थियो । महिलाका अनुसार मोटरसाईकलमा आएका ति युवकले प्रहरीकै लुगा लगाएको प्रष्ट देखिन्थ्यो ।

यद्धपी साझँको समय भएकाले प्रष्ट रुपमा चिन्न नसकिएका उनको भनाई छ । उनी प्रहरी थिए वा थिएनन् त्यो भने खुलेको छैन । तर यस तर्फ कैलाली प्रहरी भने मुखदर्शक जस्तै बनेको छ । यसरी प्रहरीको नामनै बदनाम गर्ने हिसाबले प्रहरीको बर्दीमै आतङ्क मच्चाउदा समेत प्रहरीले भने खासै बास्ता नगरेको पिडितले गुनासो गरेका छन् । यसले गर्दा सर्वसाधारणमा झन डर र त्रास पैदा भएको छ ।

हतियार सहित लुटपाट र कुटपिट हुन थालेपछि प्रदेशको राजधानी तोकिएको कैलालीको शान्ति सुरक्षामा प्रहरी झन चुनौती थपिएको छ । प्रहरी घटनामा संलग्नको पहिचान समेत गर्न सकेको छैन ।

घटना भएको लामो समय सम्म पनि प्रहरीले हुदैछ , भैरहेको छ , हामी चाडै पक्राउ गछौ भन्ने तर अनुसन्धान शून्य हुदाँ आफुहरु न्याय पाउन नसकेको पिडितले गुनासो गरेका छन् । प्रहरी अनुसन्धानमा चुक्दै गर्दा घटना भएको आधा महिना पुग्दा समेत पिडित पक्षले न्याय पाउन सकेका छैनन् ।

अत्तरियामा अहिले नयाँ प्रहरी प्रमुख डिएसपी प्रेम शाही आएका छन् । उनले अत्तरियामा प्रहरीकै बर्दीमा भएको घटनामा संलग्नको खोजी गरिरहेको बताएका छन् । उता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले यस्ता घटनामा प्रहरीको संलग्नता निकै न्युन रहेको बताए ।

उनले प्रहरीको ज्याकेट लगाएर अपराधिक मनस्थितथी भएका अन्य ब्यक्तिहरुले घटना घटाएको बताए । यस घटनामा प्रहरी गम्भिर भएर लागिरहेको बताउदै उनले अनुसन्धानमा केही समय लाग्ने बताए ।

‘हामी यस घटनामा सम्बेदशिल भएर लागेका छौ ढिलो चाडो भएपनि यस्ता गलत काममा संलग्नहरुलाई पक्राउ गरी कारबाही गरिनेछ प्रवक्ता बिष्टले भने ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार