डिसिएका ६ जना खेलाडी नेपाल प्रिमियर लिगका लागि अनुबन्ध

डिसिएका ६ जना खेलाडी नेपाल प्रिमियर लिगका लागि अनुबन्ध
प्रकाशित : :

धनगढी : धनगढी क्रिकेट एकेडेमी (डिसिए) का ६ जना खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि अनुबन्ध भएका छन् । आइतबार काठमाडौँमा सम्पन्न अक्सनमा डिसिएका ६ खेलाडीहरू नेपाल प्रिमियर लिगमा सहभागी हुने विभिन्न टिममा अनुबन्ध भएका हुन् । 

डिसिएका क्रिकेटर लोकेश बम सर्वाधिक बढी मूल्य १५ लाखमा विराटनगर किंगसका लागि खेल्ने छन् । भने नारायन जोशीले पोखरा एभेन्जर्सका लागि १० लाखमा खेल्ने छन् । 

यस्तै, विपिन रावल ८ लाख चितवन राईनोज, भोजराज भट्ट ४ लाख ५० हजार सुदूरपश्चिम रोयल्स, नरेन भट्ट २ लाख विराटनगर किंगस र राजु रिजाल २ लाख काठमाण्डु गोर्खा टिममा अनुबन्ध भएका छन् । 

आयोजक नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, अक्सनमा १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो भने आगामी १५ मंसिर देखि नेपाल प्रिमियर लिग हुने भएको छ । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट