SKIP THIS

S.P.A  Collage

त्रिभुवन माविले जित्यो देशकै पहिलो बिपीएस किड्स कप २०८१ को उपाधी

त्रिभुवन माविले जित्यो देशकै पहिलो बिपीएस किड्स कप २०८१ को उपाधी

धनगढी : धनगढी क्रिकेट एकेडेमीको आयोजनामा नेपालकै पहिलो अन्तर विद्यालय कक्षा ६ मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता बि.पी.एस किड्स कप २०८१ को विजेता त्रिभुवन माध्यमिक विद्यालय बोराडाडी बनेको छ । सिटी अफ क्रिकेट धनगढीमा यही जेठ ०७ गते बाट सञ्चालित प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।

१६ टिमको सहभागितामा १० ओभरको खेल खेलाइएको प्रतियोगितामा स्टेपिङ स्टोन स्कुल विरुद्ध त्रिभुवन स्कुल फाइनल पुगेता पनि स्टेपिङ स्टोन फाइनल खेलमा सहभागी नहुँदा क्यानको नियम अनुसार स्टेपिङ स्टोन स्कुललाई वाकओभर दिँदै त्रिभुवन मा.वि.ले स्वतह फाइनल जितेको आयोजकले जनाएको छ ।

कक्षा ६ मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता बिपीएस किड्स कप २०८१ को उदयमान खेलाडी एरिष्टो स्कुलका अप्पुस सिंह, बेस्ट बलर मणिलेक स्कुलका योगेश रावल, बेस्ट ब्याटर र प्लेयर अफ द टुरनामेन्ट विजेता त्रिभुवन मा.वि.का सुदर्शन पन्त हुन सफल भएका छन् ।

प्रतियोगिताको विजेता त्रिभुवन माविले आकर्षक ट्रफी र क्रिकेट सेट प्राप्त गरेको छ । म्यान अफ द सिरिज तथा बेस्ट ब्याट्स म्यान पन्तले प्रमाण पत्र, मेडल, साइकल प्राप्त गरेका छन्, भने बेष्ट बलर रावलले जुत्ता प्राप्त गरेका छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक क्याप्टेन सीप गर्दै आफ्नो टिमलाई जित दिलाउन सफल पन्तले नेपालकै पहिलो अन्तर विद्यालय प्रतियोगिता खेल्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको र यो अवसरका लागि आयोजक डी.सी.ए परिवार र क्रिकेट खेल्न वातावरण दिने घर परिवार सहित आफू अध्ययनरत विद्यालय एवं सर हरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उक्त प्रतियोगिताका प्रतियोगितालाई नजिकबाट नियालेका सुदर्शनका बुवा पन्तले सुदर्शन खेल्नमा एकदमै रुचि राख्ने र सो को लागि मैले सहमति जनाए पनी यहाँ सम्म पुग्न डी.सी.ए को ठुलो हात रहेको र छोराले क्रिकेट खेलेर नै नाम दाम सबै कमाउनेमा विश्वस्त रहेको बताउँदै आयोजक डी.सी.ए परिवारलाई विशेष धन्यवाद ज्ञापन गरेका छन् ।

यस्तै, प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि समेत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका चिफ सिलेक्टर दीपेन्द्र चौधरीले यो प्रयास देशभर मै जुनियर खेलाडीहरू का लागि नौले लागेको बताउँदै सानो नानी बाबुहरूलाई खेल खेलाउनु नै ठुलो चुनौती सो चुनौतिका बाबजुत डिसिएले क्रिकेटको सहर धनगढीमा अन्तर विद्यालय कक्षा ६ मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता बि.पी.एस किड्स कप २०८१ सम्पन्न गरेको मा बधाई सहित हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

चौधरीले ग्रास रुट क्रिकेट र खेलाडीहरू जग बलियो बनाउन यस्ता प्रतियोगिताहरू ले महत्त्वपूर्ण भूमिका खेल्ने भएको हुनाले प्रतियोगिता निरन्तरताको लागि आफूले गर्न सक्ने सबै खाले सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै शुभकामना व्यक्त गरेका छन् ।

यसका साथै, आयोजक डिसीएका म्यानेजर समुयल न्यौपानेले टाइटल स्पन्सर गर्ने वि.पी.एस स्कुल लगायतका प्रतियोगितालाई यहाँ सम्म पुगाउने सहयोगी प्रायोजक, सह-प्रायोजक सबैलाई धन्यवाद दिँदै आफूहरूले क्यानको नियमको पूर्ण पालना गर्दै प्रतियोगिता सम्पन्न गरेको बताए छन् ।

उक्त प्रतियोगितामा ६ कक्षा माथिका ४ जना विद्यार्थी खेलमा सहभागी गराएको पत्ता लागे पछि द्यिाभुषण विद्यालयलाई डी.सी.एले आयोजना गर्ने सम्पूर्ण प्रतियोगिताहरूमा २ वर्षका लागि प्रतिबन्ध लाएको र १० हजार जरिवाना तोकिकुका साथै फाइनलमा पुगेपश्चात् स्टेपिङ स्टोन खेल्न नआएको र यो क्यानको नियमको ठाडो उल्लङ्घन भएको हुँदा यशबारे निर्णय लिन क्यान कैलाली लाई सिफारिस गरिएको म्यानेजर न्यौपानेले बताए ।

‘हामी कहिले पनि प्रतियोगिता गराउँदा नियम उल्लङ्घन गर्ने प्रायोजक एवं सहयोगीहरू र सहभागीहरू लाई काखा पाखा गर्ने कल्पना पनि गर्न सक्दैनौँ । पूर्व घोषित, निर्धारित कार्यक्रम अनुसार र प्रतियोगिता खेलाउने क्यानको नियम अनुसार हामी अगाडी बढेका छौँ, बढ्ने छौँ । हाम्रा लागि सबै बराबर हुन नियमको पालन गर्नु पर्दछ । यो प्रतियोगिता यहाँ सम्म पुर्‍याउन सहयोग गर्नु हुने डी.सी.ए.का अध्यक्ष सुवास शाही ज्यु र सम्पूर्ण सरोकारवाला सबैमा धन्यवाद ज्ञापन गर्दै विजयी त्रिभुवन मा.वि परिवारलाई बधाई सहित शुभकामना दिन चाहन्छु ।’ न्यौपानेले भने ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार