SKIP THIS

S.P.A  Collage

बि.पी.एस किड्स कपको पहिलो दिन : मणिलेक, एरिष्टो, त्रिभुवन र थ्री स्टार विजयी

सुदर्शन पन्त द्वारा ४ विकेट लिदै सर्वाधिक १०२ रन प्रहार

बि.पी.एस किड्स कपको पहिलो दिन : मणिलेक, एरिष्टो, त्रिभुवन र थ्री स्टार विजयी

धनगढी : सिटी अफ क्रिकेट धनगढीमा सोमबार बाट सुरु भएको बि.पी.एस किड्स कप २०८१ मा पहिलो दिन ४ खेल सम्पन्न भएका छन् । धनगढी क्रिकेट एकेडेमी (डी.सी.ए.) को आयोजनामा भइरहेको उक्त प्रतियोगिता नेपालमै पहिलो पटक कक्षा ६ मुनिका विद्यार्थीहरूको अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हो ।

१०/१० ओभरको इनिङ खेलाइने प्रतियोगिताको पहिलो उद्घाटन खेलमा टस जितेर पहिले बलिङ रोजेको मणिलेक स्कुलले क्रिसियन्ट सिटीलाई ८ विकेटले पराजित गरेको छ ।

जसमा सीसीएसले ९.४ ओभरमा ३८ रन जोड्दै अलआउट हुन पुग्यो । जसका लागि सविन बोहराले १३ बलमा ९ रन जोडे भने असीम शाहले १९ बलमा ९ रन जोडे । सीसीएसकै बलर टेडेन रिजालले २ विकेट लिन सफल भएका थिए ।

मणिलेक स्कुलका बलर योगेश रावल ३ विकेट लिँदै प्लेयर अफ दि म्याच घोषित भए भने अर्का खेलाडी भुवन कुँवर ले २ विकेट लिन सफल भए ।

यस्तै, मणिलेक स्कुलले २.५ ओभरमा २ विकेट गुमाउँदै ४१ रन सहित विजयी भएको थियो । जसमा समान ६(६ बलमा भुवन कुँवर ले १३ र विपिन विष्ट ले १३ रन सहित आफ्नो टिमलाई अग्रता दिलाए ।

आजै भएको दोस्रो खेलमा टस जितेर पहिले बलिङ रोजेको ज्योति स्कुललाई पछि पार्दै एरिस्टो स्कुल ५० रनको अग्रताका साथ विजयी भएको छ ।

१० ओभर पूरा खेल्दै ५ विकेटको क्षतिमा ८१ रन जोड्न सफल एरिस्टोका लागी प्रशान्त कठायतले २६ बलमा ४४ रन जोडे भने ओमप्रकाश कोलीले ८ बलमा १० रन जोड्न सफल भए ।

दोस्रो खेलमा एरिस्टो स्कुलका बलर सुदीप गिरीले ५ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भए भने अर्का खेलाडी रितेश खड्काले ४ विकेट सहित टिमलाई अग्रता दिलाइरहेका थिए ।

७ ओभरमा १० विकेट गुमाउँदै ३१ रन बनाउन सफल ज्योतिका बलर अरुष र कबिरले समान २(२ विकेट लिन सफल भए । आदर्श साउद ले १० बलमा ९ रन जोडेका थिए ।

तेस्रो खेलमा टस जितेर पहिले बलिङ रोजेको राइजिङ स्टार स्कुलका बलर सन्दीप बोहराले १ विकेट लिए ।

१० ओभरमा दुई विकेट गुमाउँदै १७३ रन बनाउन सफल त्रिभुवन स्कुल १२८ रनको अग्रता सहित विजेता बनेको थियो ।

जसका लागि ४ विकेट र २९ बलमा सर्वाधिक १०२ रन जोड्दै प्लेयर अफ दि म्याच समेत बनेका सुदर्शन पन्तले मात्रै आजको खेल भरीमा राम्रो प्रदर्शन गरेका थिए । भने प्रकाश सार्कीले २७ बलमा ४२ रन जोडेका थिए ।

यस्तै, त्रिभुवनकै राजेश ऐर र दीपेशले समान ७ बल खर्चिँदै ९/९ रन जोडेका थिए । अनमोल राणाले २ विकेट लिएका थिए ।

यस्तै, आजै सम्पन्न चौथो खेलमा थ्री स्टार र वाल्मीकि भिडेका थिए । टस जितेर पहिले ब्याटिङ रोजेको थ्री स्टारले १० ओभरमा ३ विकेट गुमाएर १३२ रन जोड्दै ८४ रनले विजयी भएको थियो ।

जसमा दिपम खड्काले २१ बलमा ३० रन हिमाल जप्रेलले १३ बलमा २५ रन जोडेका थिए भने थ्री स्टार बलर मोहित रावलले ३ विकेट र आकाश विष्टले २ विकेट लिएका थिए ।

दश ओभरमा ७ विकेट गुमाउँदै ५८ रनमा समेटिएको वाल्मीकिका बलर रुबिन साउदले १ विकेट लिए भने शिवम शाहले २२ बलमा २० रन मात्रै जोड्न सके ।

८४ रनले विजयी भएको थ्री स्टार स्कुलका मोहित रावल ३ विकेट लिँदै प्लेयर अफ द म्याच बनेका छन् ।

जेठ ६ गतेबाट सञ्चालनमा आउने भनिएको प्रतियोगिता ६ गते बिहान अचानक हावाहुरी सहितको पानी परेका कारण एक दिन सार्दै ७ गते देखी लगातार ८ दिन सम्म खेलाइने छ ।

उक्त प्रतियोगिताको विजेतालाई क्रिकेट किट सेट, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ, भने उप९विजेतालाई क्रिकेट किट सेट, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले साइकल सहित धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति, उत्कृष्ट बलरले जुत्ता, उत्कृष्ट व्याटरले ब्याट सहित धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति प्राप्त गर्ने र उदयमान खेलाडीले धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति एवं ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक डी।सी।ए। का म्यानेजर समुयल न्यौपानेले जानकारी दिए ।

धनगढी क्रिकेट एकेडेमी आयोजक रहेको उक्त प्रतियोगितामा ब्राईटवे पब्लिक स्कुल टाइटल स्पन्सर रहेको छ भने सुदूर पश्चिमाञ्चल कलेज, कैलाली जिल्ला क्रिकेट संघ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, चौलानी सुरुवात नयाँ सोचको, ग्रिन क्लिन धनगढी, ब्रेड बक्स, सिपी हस्पिटल र वल्डलिङ्कको साथ रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार