SKIP THIS

S.P.A  Collage

ग्रासरुट क्रिकेट विकास कार्यक्रमका दुई टिमले खेले बिपिएस किड्स कप २०८१

Dhangadhi City Of circet

धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीमा गो ड्रिमर्सद्धारा जारी ग्रासरुट क्रिकेट विकास कार्यक्रम अन्तरगतका दुई टिम बिपिएस किड्स कपमा सहभागी भएका छन् । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भएको कक्षा ६ मुनिका विद्यार्थीहरूको अन्तर विद्यालय क्रिकेट प्रतियोगिता बिपिएस किड्स कप २०८१ मा ग्रासरुट क्रिकेट विकास कार्यक्रमका दुई टिमले खेलेका हुन् ।

२०८० माघ ६ गते धनगढी उप-महानगरपालिका सँगको साझेदारीमा गो ड्रिमर्सले उप-महानगरपालिकाका दुई विद्यालयमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

जस अन्तरगत धनगढी वडा नम्बर १२ स्थित जुगेडाको सिद्धनाथ माध्यमिक विद्यालयमा ज्ञानेन्द्र क्षेत्री र धनगढी वडा नम्बर १८ फूलबारी स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा देवनारायण झा लाई प्रशिक्षक नियुक्त गरी लेभल वान प्रशिक्षण गरिँदै आएको थियो ।

यही जेठ ७ गते सोमबारबाट धनगढीको डिसीए मैदानमा सुरु भएको बिपिएस किड्स कप २०८१ मा आयोजक धनगढी क्रिकेट एकेडेमीको निमन्त्रणामा प्रेम बहादुर शाही प्रधानाध्यापक रहेको सिद्धनाथ माध्यमिक विद्यालयबाट प्रशिक्षक क्षेत्री र म्यानेजर दिनेश रोकायाको नेतृत्वमा कक्षा ६ मुनिका क्रिकेट खेलाडीहरू क्रमशः हेमन्त बोहरा (कक्षा ५), सृष्टि सिंह (कक्षा ५), जगल सिंह (कक्षा ३), कविता रोकाया (कक्षा ६), सन्तोष सुनार (कक्षा ४), आयुष आगरी (कक्षा ४), रमीत मल्ल (कक्षा ६), कुशल शाही (कक्षा ६), अनुप सिंह (कक्षा ६), सन्दीप बि.के (कक्षा ५), अधिराज विष्ट (कक्षा ५), विकास रोकाया (कक्षा ५), सुमन गिरी (कक्षा ५) र महेश रोकाया (कक्षा ५) सहभागी भएका थिए । भने उनीहरूले खेलेका ३ खेल मध्ये २ खेलमा जित हासिल गर्न सफल भएका थिए ।

यस्तै, सुभचन्द्र सुवेदी प्रधानाध्यापक रहेको चन्द्रोदय माध्यमिक विद्यालयबाट प्रशिक्षक झाको नेतृत्वमा कक्षा ६ मुनिका क्रिकेट खेलाडीहरू क्रमशः मधुसुहन उपाध्याय (कक्षा ६), दिनेश कठायत (कक्षा ६), सिरिस बि.के (कक्षा ६), जैभान बि.के. (कक्षा ५), ध्रुव जोशी (कक्षा ५), गोकुल बुढा (कक्षा ६), सोम कठायत (कक्षा ५), महेश चौधरी (कक्षा ५), समिर धामी (कक्षा ६), सन्दीप सि.के (कक्षा ५), नवराज चौधरी (कक्षा ५), सुशील धामी (कक्षा ६), फेजल सि.के. (कक्षा ५) र विनायक चौधरी (कक्षा ६) सहभागी भएका थिए भने उनीहरूले खेलेका दुवै खेलमा हार व्यहोर्नु परेको थियो ।

प्रशिक्षणको ५ महिना समेत पुरा नभई ग्रासरुट क्रिकेट विकास कार्यक्रमको प्रतिनिधित्व गर्दै बिपिएस किड्स कप २०८१ मा सहभागी सामुदायिक विद्यालयका क्रिकेटरहरू ले आफूहरू लाई नेपालकै पहिलो जुनियर क्रिकेटरहरूको गेममा सहभागी हुने अवसर प्रदान गर्न प्रयत्न गर्ने धनगढी उपमहानगरपालिका, गो ड्रिमर्स, प्रशिक्षक तथा आयोजक डिसीए टिमलाई धन्यवाद ज्ञापन गरेका छन् ।

यस्तै, प्रशिक्षक द्वय क्षेत्री र झा ले पनि आफूहरू को प्रशिक्षण बाट सहभागी खेलाडीहरूले कत्तिको सिकेका छन् भनी परीक्षण गर्न पाएको र अभ्यास गरेको अनुभव लाई खेल मैदानमा कसरी प्रयोग गर्ने भन्ने कुराहरू सिक्ने अवसर मिल्नुका साथै बालबालिकाहरू लाई हौसला मिलेको बताएका छन् ।

भने धनगढी उपमहानगर र गो ड्रिमर्सकाको अन्तर्राष्ट्रियस्तरका खेलाडी क्रिकेटको सहर धनगढीमै उत्पादन गर्ने लक्ष्यलाई पूरा गर्न यो प्रतियोगिताले ठुलो भूमिका खेलेको विश्वास व्यक्त गर्दै यो पहिलो सहभागिताबाट सुधार गर्नु पर्ने पक्षहरू लाई आत्मसाथ गर्दै आगामी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्न मार्गदर्शन भएको समेत बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार