SKIP THIS

S.P.A  Collage

कक्षा ६ मुनिका विद्यार्थीहरूको अन्तर विद्यालय क्रिकेट प्रतियोगिता धनगढीमा सुरु

कक्षा ६ मुनिका विद्यार्थीहरूको अन्तर विद्यालय क्रिकेट प्रतियोगिता धनगढीमा सुरु

धनगढी : धनगढी क्रिकेट एकेडेमी (डी.सी.ए.) को आयोजनामा नेपालमै पहिलो पटक अन्तर विद्यालय कक्षा ६ मुनिका विद्यार्थीहरूको क्रिकेट प्रतियोगिता बि.पी.एस किड्स कप २०८१ सञ्चालनमा आएको छ । सोमबार बाट सिटी अफ क्रिकेट धनगढीमा उक्त प्रतियोगिता सञ्चालनमा आएको हो ।

एक कार्यक्रमका बिच डी.सी.ए. का अध्यक्ष सुवास साहीले व्यटिङ र ब्राईवे पब्लिक स्कुलका प्रधानाध्यापक कुवेर साउँदले बलिङ गर्दै उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रतियोगिताको पहिलो उद्घाटन खेल क्रिसियन्ट सिटी स्कुल र मणिलेक इन्टरनेस्नल स्कुलले खेलेका थिए । आजको पहिलो खेलमा मणिलेक इन्टरनेस्नल स्कुलले क्रिसियन्ट सिटी स्कुललाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको विजयी सुरुवात गर्‍यो । डी.सी.ए. क्रिकेट मैदानमा निर्धारित १० ओभरमा ४१ रनको लक्ष्य पछ्याएको क्रिसियन्ट सिटी स्कुलले ३१ रन मात्रै बनाउन सक्यो।

आजको पहिलो खेलमा मणिलेक इन्टरनेस्नल स्कुलले क्रिसियन्ट सिटी स्कुललाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको विजयी सुरुवात गर्‍यो । डी.सी.ए. क्रिकेट मैदानमा निर्धारित १० ओभरमा ४१ रनको लक्ष्य पछ्याएको क्रिसियन्ट सिटी स्कुलले ३१ रन मात्रै बनाउन सक्यो।

मणिलेक इन्टरनेस्नल स्कुलका बलर योगेश रावलले सर्वाधिक ३ ले विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भएका छन् ।

जेठ ६ गतेबाट सञ्चालनमा आउने भनिएको प्रतियोगिता ६ गते बिहान अचानक हावाहुरी सहितको पानी परेका कारण एक दिन सार्दै ७ गते देखी लगातार ८ दिन सम्म खेलाइने छ ।

उक्त प्रतियोगिताको विजेतालाई क्रिकेट किट सेट, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ, भने उप-विजेतालाई क्रिकेट किट सेट, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले साइकल सहित धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति, उत्कृष्ट बलरले जुत्ता, उत्कृष्ट व्याटरले ब्याट सहित धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति प्राप्त गर्ने र उदयमान खेलाडीले धनगढी क्रिकेट एकेडेमीमा छात्रवृत्ति एवं ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक डी.सी.ए. का म्यानेजर समुयल न्यौपानेले जानकारी दिए ।

१०/१० ओभरको इनिङ खेलाइने धनगढी क्रिकेट एकेडेमी आयोजक रहेको उक्त प्रतियोगितामा ब्राईटवे पब्लिक स्कुल टाइटल स्पन्सर रहेको छ भने सुदूर पश्चिमाञ्चल कलेज, कैलाली जिल्ला क्रिकेट संघ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड, चौलानी सुरुवात नयाँ सोचको, ग्रिन क्लिन धनगढी, ब्रेड बक्स, सिपी हस्पिटल र वल्डलिङ्कको साथ रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार