धनगढीमा शब्द र संगीतको अद्भुत संगम एसपीए शब्दास्त्र २.० सम्पन्न

धनगढीमा शब्द र संगीतको अद्भुत संगम सँगै एसपीए शब्दास्त्र २.० सम्पन्न
प्रकाशित : :

धनगढी : शब्द र संगीतको अद्भुत संगम एस.पी.ए शब्दास्त्र २.० ‘पद्य र धुनको तालमेल’ सभ्य रूपमा सम्पन्न भएको छ । शुक्रबार धनगढी–२ स्थित काठमाडौँ केटलको आनन्दित वातावरणमा सम्पन्न भएको यस कार्यक्रमले साहित्य प्रेमीहरूलाई मनमोहक साहित्यिक अनुभव प्रदान गरेको थियो ।

कार्यक्रममा ख्यातिप्राप्त कविहरू मोहित जोशी, करन सिंह ऐरी, खेम बतास र दोस्ताजले आफ्ना कविताहरू प्रस्तुत गर्दै दर्शक/श्रोताहरू लाई मनमोहक तुल्याएका थिए । भने दर्शक दीर्घाबाट अञ्जु कुँवर, डा. रित राज खड्का, डा. अमृत जैसी र अस्मिता पौडेलले आ–आफ्ना कविताका कोसेली प्रस्तुत गरेर माहौललाई थप आनन्दित बनाएका थिए ।

बेलुकीको समयमा काठमाडौँ केटलको मिठो चियाको चुस्की सँगै धनगढीका साहित्य अनुरागीहरू ७ देखि ९ बजेसम्म व्यङ्ग्यात्मक र गहकिला कविताहरू श्रवण गर्न पाउँदा मनमोहक देखिन्थे । सबैको अनुहारमा खुसी झल्किरहेको थियो ।

यस साहित्यिक जमघटलाई युक्तित प्रोडक्सन हाउसले आयोजना गरेको हो भने प्रमुख प्रायोजकमा एस.पी.ए कलेज सह- प्रायोजकमा ड्रिम लिङ्क कन्सल्टेन्सी, माया मेट्रो हस्पिटल तथा कान्तिपुर डेन्टल र निसर्ग हस्पिटल प्रायोजकका रूपमा रहेका थिए।

भिजुअल बाबा फ्रेम,संगित नारायन एण्ड टिम, मिडिया पार्टनर सेटेलाइट टी.भी र सोधपत्र डटकमको साथ रहेको यस कार्यक्रममा भेनु पार्टनर काठमाडौँ केटल थियो।

साथै उक्त कार्यक्रम अवलोकनार्थ धनगढी उप-महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल समेत उपस्थित भएका थिए ।

धनगढीमा स्तरीय साहित्यिक कन्टेन्ट र माहौल सिर्जना गर्ने उद्देश्यले एक वर्ष पहिले पहिलो सिजन सुरु गरेको र यस वर्ष अघिल्लो वर्षको भन्दा दर्शक श्रोता तथा विभिन्न संघ संस्थाहरूको साथले आगामी सिजन अझै भव्यताका साथ आयोजना गर्न हौसला मिलेको युक्तित प्रोडक्सनका सी.इ.ओ सञ्जीव रावलले बताए । यो कार्यक्रम युक्तित प्रोडक्सनको युट्युब च्यानलमा समेत हेर्न सकिने रावलको भनाई थियो । 

यस्तै, कार्यक्रमका व्यवस्थापन सदस्य योगेन्द्र भण्डारीले मुख्य प्रायोजक एस.पी.ए कलेज परिवार तथा सह(प्रायोजक, प्रायोजकका रूपमा जोडिने सम्पूर्ण संस्था एवं कार्यक्रमको सोभा बढाई साथ दिने दर्शक श्रोता, कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण व्यक्तित्वहरू मा धन्यवाद ज्ञापन गरेका छन् । 

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट