धनगढीमा मापसे गरेका चालकले चलाएको कार मुख्य सडकबाट तार जाली र ट्रिगार्ड माथि

धनगढीमा मापसे गरेका चालकले चलाएको कार मुख्य सडकबाट तार जाली र ट्रिगार्ड माथि
प्रकाशित : :

धनगढीः कैलालीको धनगढीमा कार दुर्घटनामा परेको छ। मादक पदार्थ सेवन गरेका एक डाक्टरले धनगढी मुख्य सडकको तारजाली र ट्रिगार्ड भाँचेका हुन्।

कैलाली प्रहरीले सोमवार साँझ पौने ७ बजे धनगढी–३ बोराडाँडी घर भएका डाक्टर शम्भुप्रसाद भट्टले तारजाली र ट्रिगार्डका भाँचेका बताएको छ। मादक पदार्थ सेवन गरेर बिएबी ५८९९ नम्बरको कार चलाइरहेका डाक्टर भट्टले मुख्य सडकको मेडियनमा लगाइएको तारजाली र ट्रिगार्डमा क्षति पुगाएका हुन्।

मादक पदार्थ सेवन गरी आफैँ कार चलाइरहेका भट्टले धनगढी मुख्य सडकको प्रहरी पेट्रोल पम्प अगाडि तारजालीमा क्षति पुगाएको कैलाली प्रहरीले जनाएको छ। डाक्टर भट्ट र उनले चलाएको कारलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट