काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य भारी मात्राले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मुल्य प्रतितोला १ लाख ५१ हजार ३ सय कायम भएको जनाएको छ ।
सुनको मूल्य आइतबार प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । यसैगरी हिजो प्रतितोला १९ सय ६० रूपैयाँमा किनबेच भएकामा १८ सय ४५ रूपैयाँमा काराेबार भइरहेको छ ।
यस हिसाबले सुनको मूल्य प्रतितोला १५ हजार ९ सय रूपैयाँले तथा चाँदीको १ सय १५ रूपैयाँले कम भएको हो ।