तोलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

तोलामा १ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्यमा वृद्धि

बिहीबार एकैदिन हजार रुपैयाँले सुनको मूल्य बढेको छ। अघिल्लो दिन ८८ हजारमा कारोबार भएको सुन आज ८९ हजार रुपैयाँमा कायम छ।

चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ६० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रय बजारमा सुन प्रतिऔंस १७ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार