कैलालीको महिला क्रिकेट टोलीको बैतडी प्रस्थान, प्रधानमन्त्री कप महिला टी-२० प्रदेशस्तरीय छनोट खेल्ने

कैलालीको महिला क्रिकेट टोलीको बैतडी प्रस्थान, प्रधानमन्त्री कप महिला टी-२० प्रदेशस्तरीय छनोट खेल्ने
प्रकाशित : :

धनगढी: बैतडीमा यही पुस १९ गतेदेखि सुरु भएको प्रधानमन्त्री कप महिला टी-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन कैलाली जिल्लाको महिला क्रिकेट टोली बैतडी प्रस्थान गरेको छ ।

आइतबार कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टको अध्यक्षता र जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष ललित खत्रीको प्रमुख आतिथ्ययतामा बिहान ७ बजे धनगढी स्थित कभर्डहलमा एक शुभकामना तथा बिदाइ कार्यक्रम गरी उक्त टोलीलाई प्रतियोतिामा सहभागीताका लागि बैतडी पठाइएको हो ।

बिदाइ समारोहमा कैलाली टोलीका खेलाडीहरूलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको लागि शुभकामना दिइएको थियो। टोलीले समूह ‘ए’ अन्तर्गत कञ्चनपुर, डडेल्धुरा, र दार्चुलासँग प्रतिस्पर्धा गर्नेछ।

पुस २२ गते पहिलो खेलमा समूह ‘ए’ मा रहेको कैलाली र कञ्चनपुर तथा दोस्रोमा डडेल्धुरा र दार्चुला खेल्नेछन् । पुस २३ गते पहिलो खेलमा कञ्चनपुर र डडेल्धुरा तथा दोस्रोमा कैलाली र दार्चुलाबिच भिडन्त हुनेछ । समूह ‘बी’ मा बैतडी, बझाङ, डोटी र अछामलाई राखिएको छ ।

प्रधानमन्त्री कप महिला टी-२० छनोट प्रतियोगिता पुस २५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सुदूरपश्चिमका ८ जिल्लाका टोलीहरू सहभागी छन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश टिममा समावेश गरिनेछ।

यो राष्ट्रिय प्रतियोगिता माघ पहिलो सातादेखि धनगढी फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण स्थल धनगढीमा सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ।

को-को खेल्दै छन् टिम कैलालीबाट ?
१. शोभा रोकाया (कप्तान, विकेट किपर)
२. मनीषा बोहरा (सहायक कप्तान)
३. लक्ष्मी राना
४. हिसिला खड्का
५. चेतना कुवर
६. शेवी घिमिरे
७. इरान्शा चौधरी
८. निलम पाण्डे
९. भृकुटी चन्द
१०. मिना न्यौपाने
११. कबिता रोकाया
१२. पवित्रा बडेला
१३. यलिशा विष्ट
१४. करिश्मा बडेला

वैकल्पिक खेलाडीहरू:
१५. वन्दना गिरि
१६. हेमा सिंह ठकुरी
१७. सरोजा ओखेडा

प्रशिक्षक: ज्ञानेन्द्र छेत्री
टिम म्यानेजर: दर्शन थापा

उक्त टोलीका १० नम्बर सदस्य मिना न्यौपाने र ११. नम्बर सदस्य कबिता रोकाया गत माघ देखि धनगढी उप-महानगरपालिकाको सहकार्यमा गो ड्रिमर्सद्वारा सञ्चालित धनगढी ग्रासरुट क्रिकेट विकास कार्यक्रम अन्तरगत अभ्यास गरिरहेका खेलाडी हुन् । भने सरोजा ओखेडा वैकल्पिक खेलाडीका रूपमा छनोट भएकी छन् ।

कैलाली जिल्लाको टोलीलाई शिक्षा सँगै खेलकुदको क्षेत्रमा विशेष योगदान गर्दै आइरहेको धनगढीको एस.पी.ए कलेजले ज्याकेट प्रदान गरेको छ । उक्त ज्याकेटमा एसपीए कलेज, कैलाली जिल्ला क्रिकेट संघ र धनगढी सिटी अफ क्रिकेटको लोगो राखिएको छ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट