क्यान अध्यक्ष चतुर बहादुर चन्दको नक्कली जीमेल बनाएर ठगी प्रयास, सतर्कता अपनाउन आग्रह

क्यान अध्यक्ष चतुर बहादुर चन्दको नक्कली जीमेल बनाएर ठगी प्रयास, सतर्कता अपनाउन आग्रह
प्रकाशित : :

धनगढी : नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दको नाममा नक्कली जीमेल खाता बनाई ठगी प्रयास गरिएको छ। चन्दले आफ्नो आधिकारिक फेसबुकमार्फत एक सूचना जारी गर्दै कसैले उनको नाममा जिमेल खाता सिर्जना गरी विभिन्न व्यक्तिसँग पैसा मागिरहेको जानकारी दिएका छन्।

चन्दले उक्त घटनाप्रति सतर्क रहन सबैलाई आग्रह गर्दै आफूलाई सोधपुछ नगरी कुनै पनि किसिमको आर्थिक सहयोग नगर्न अनुरोध गरेका छन्। उनले आफ्नो आधिकारिक इमेलमार्फत गरिएको कुनै पनि संवादप्रति शंका गर्न र सोझै आफ्नो व्यक्तिगत नम्बर ९८४१५५११९६ मा सम्पर्क गर्न आग्रह गरेका छन्।

सोधपत्र सँगको कुराकानीमा चन्दले भने, “मेरो नाम दुरुपयोग गरी कसैले नक्कली जीमेल खाता बनाएर पैसा मागिरहेको जानकारी प्राप्त भएको छ। यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु। मसँग पुष्टि नगरी कसैलाई पनि आर्थिक सहयोग नगर्नुहोस्।”

यस घटनाले पछिल्लो समय साइबर अपराधको जोखिम बढ्दै गएको देखाएको छ। विज्ञहरूका अनुसार नक्कली इमेल तथा सामाजिक सञ्जाल अकाउन्टहरू प्रयोग गरेर ठगी गर्ने घटनामा वृद्धि भइरहेको छ। त्यसैले डिजिटल सुरक्षाका लागि सत्यापनबिना कुनै जानकारी वा सहयोग नगर्न तथा आधिकारिक स्रोतबाट मात्र कुराको पुष्टि गर्न आवश्यक छ।

यस विषयमा थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको अध्यक्ष चन्दले जनाएका छन्। क्यानका पदाधिकारी तथा क्रिकेटसम्बद्ध व्यक्तिहरूलाई पनि सचेत रहन अपिल गरिएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट