नयाँ वर्षमा ‘धनगढी हाफ म्याराथन’ को एघारौं संस्करण, विजेतालाई ७५ हजार पुरस्कार

नयाँ वर्षमा ‘धनगढी हाफ म्याराथन’ को एघारौं संस्करण, विजेतालाई ७५ हजार पुरस्कार
प्रकाशित : :

धनगढी : ‘धनगढी हाफ म्याराथन’ को एघारौं संस्करण नयाँ वर्ष २०८२ सालको वैशाख १ गतेको दिन आयोजना हुने भएको छ । ‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ आयोजना हुने धनगढी हाफ म्याराथन नयाँ बर्षको दिन आयोजना गर्ने धनगढीमा सोमबार आयोजक धनगढी जेसिजले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

धनगढी हाफ म्याराथनको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक तथा धनगढी जेसिज २०२५ का कार्यकारी उपाध्यक्ष दीपक गौतमले जानकारी दिए । धनगढी हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड हुँदै पुनः धनगढी रंगशालामा पुगेर समापन हुनेछ ।

प्रतियोगिता अन्तर्गत महिलातर्फ तथा कर्पोरेट र सञ्चारको ५ किलो मिटरको दौड पनि आयोजना गरिने आयोजकले जनाएको छ । दुई वटै विधाका विजेताले नगद ७ हजार ५ सय, उपविजेताले नगद ५ हजार र तेस्रो हुनेले नगद २ हजार ५ सय प्राप्त गर्ने प्रतियोगिता संयोजक गौतमले बताए । उनले प्रतियोगितामा सहभागिताका लागि विभिन्न स्थानहरुबाट धमाधम फाराम वितरण भइरहेको र सबैलार्ई सहभागीताका लागि अपिल पनि गरे ।

धनगढी जेसिजले सन् २०१४ देखि नयाँ वर्षको अवसरमा धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका धनगढी हाफ म्याराथन प्रतियोगिता गर्दै आएको छ । धनगढी हाफ म्याराथनको गत वर्षको दशौं संस्करणदेखि नेपाल एथलेटिक्स संघबाट स्वीकृत प्राप्त गरेका कारण हाफ म्याराथनमा रेकर्ड बनेमा यसका रेकर्डहरुले पनि मान्यता पाउने धनगढी जेसिजका महासचिव आशिष शाहले जानकारी दिए । पत्रकार सम्मेलन धनगढी जेसिज २०२५ का अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट