चैत २६ गते मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२ हुने, मूल नारा ‘अब धनगढी दौडिन्छ’

प्रथमलाई नगद ५५ हजार पाँच सय ५५

चैत २६ गते मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२ हुने, मूल नारा ‘अब धनगढी दौडिन्छ’

धनगढी : ‘अब धनगढी दौडिन्छ’ भन्ने मूल नाराका साथ चैत २६ गते मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२ हुने भएको छ । नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा ‘अब धनगढी दौडिन्छ’ को आठौँ संस्करण हुन लागेको शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

प्रत्येक वर्षजस्तै यो वर्ष पनि हाफ म्याराथन प्रतियोगिता धनगढी रङ्गशालाबाट सुरु हुने दौड प्रतियोगितामा म्याराथनको खुला दौडका अन्तरगत २१.१ किमी दौड प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितीयलाई ३३ हजार तिन सय ३३ र तृतीयलाई २२ हजार दुई सय २२ नगद पुरस्कार राखिएको प्रतियोगिताका संयोजक महेश्वर ओझाले जानकारी दिए ।

यस्तै कर्पोरेट र मिडिया तर्फको ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ । महिला तर्फ ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको मूल आयोजक समितिका संयोजक ओझाले बताए ।

विद्यार्थी तर्फ ५ किमी दौडमा प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितीयलाई तिन हजार तिन सय ३३ र तृतीयलाई दुई हजार दुई सय २२ नगद पुरस्कार राखिएको छ ।

त्यस्तै, टाई साइकल रेस पनि गरिने जानकारी दिएका छन् । टाई साइकल रेसमा सहभागीलाई सम्मान सहित पुरस्कार दिइने जनाएको छ । हाफ म्याराथनमा सहभागी हुनेलाई विद्यार्थीलाई २ सय र अन्यको लागि ३ सय रुपैयाँ आवेदन शुल्क कायम गरिएको छ । धावकमा सहभागीमध्ये गोला प्रथाबाट एक जनालाई आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ ।

चैत २६ गते मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२ हुने, मूल नारा ‘अब धनगढी दौडिन्छ’

यस्तै, मुख्य प्रवर्द्धकका रूपमा रहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक ब. सिंहले जेशीज सँग मिलेर सो खेलको आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे । “जेशीजलाई आर्थिकको कमी र हामीलाई प्राविधिकको कमी दुवै पक्षले आ(आफ्नो कमीलाई पूर्ति गर्दै सहकार्यमा प्रतियोगिताको नाम मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२ रहने गरी प्रतियोगिताको आयोजना गरेमा छौंं । मिलेर प्रतियोगिता आयोजना गर्न लागेकोमा खुसी छु ।” उनले भने ।

त्यस्तै, धनगढी जेसिसका अध्यक्ष भुवन पाण्डेले चुनाव लगायत विभिन्न कारणले यस वर्ष प्रतियोगिता अघि सार्नु परेको र मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२ सम्पन्न गर्न आ-आफ्नो क्षत्रबाट सहयोग गर्न सबैलाई आग्रह गरे । “विभिन्न विधामा पुरस्कार राखी प्रतियोगिता आयोजना गर्न गइरहेका छौँ । विद्यार्थीहरूका लागी पनि अलग्गै विधा थप गरेका छौँ । सबैको उत्साहजनक सहभागीताका साथ प्रतियोगबिच सम्मपन गर्न सहयोग प्राप्त हुनेछ ।” उनले भने ।

मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२ को आठौं संस्करणको प्रायोजक पञ्चकन्या गुरुप, प्रवद्र्धक धनगढी उप-महानगरपालिका र जेसिज एभरेस्ट सेकेन्डरी स्कुल धनगढी तथा मुख्य प्रवद्धक सुदुरपश्चिम प्रदेश खेलकुद परिसद रहेको छ ।

विगतका वर्षहरूमा वैशाख १ गते धनगढी हाफ म्याराथन हुँदै आइरहेको मा यसपालि भने चैत २६ गते मुख्यमन्त्री जेसीज एभरेस्ट धनगढी हाफ म्याराथन २०२२ हुने भएको छ ।

  • बाँकी भिडियो मार्फत :  

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार