धनगढी क्रिकेट एकेडेमीद्वारा ‘प्लेयर अफ द मन्थ’ सम्मान सक्षम र नीलम लाई प्रदान

धनगढी क्रिकेट एकेडेमीद्वारा ‘प्लेयर अफ द मन्थ’ सम्मान सक्षम र नीलम लाई प्रदान
प्रकाशित : :

धनगढी : धनगढी क्रिकेट एकेडेमी (DCA) ले ‘प्लेयर अफ द मन्थ – असार’ को रुपमा दुई उत्कृष्ट खेलाडीहरूलाई चयन गर्दै सम्मानित गरेको छ। पुरुष तर्फ सक्षम पाण्डे र महिला तर्फ नीलम पाण्डेलाई प्रमाणपत्र र पदक प्रदान गरी सम्मान गरिएको हो।

डीसीएका प्रशिक्षक टोली र व्यवस्थापनद्वारा उनीहरूको प्रदर्शन, अनुशासन, र निरन्तर अभ्यासको मूल्यांकनका आधारमा चयन गरिएको जानकारी दिइएको छ।

यस्तो किसिमको सम्मानले खेलाडीहरूमा आत्मविश्वास बढाउनुका साथै आगामी दिनमा अझ कडा मेहनत गर्न प्रेरणा दिने विश्वास गरिएको छ।

धनगढी क्रिकेट एकेडेमीले यस्ता कार्यक्रमको माध्यमबाट खेलाडीहरूमा आत्मबल वृद्धि, खेलप्रति समर्पण, र जिम्मेवारीको भावना विकास गर्ने लक्ष्य लिएको छ। भने सम्मानित खेलाडीहरू अन्य प्रशिक्षार्थीहरूका लागि प्रेरणा बन्ने विश्वास लिइएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट