धनगढी : धनगढी क्रिकेट एकेडेमी (डिसिए) का दुई जना खेलाडीलाई ‘प्लेयर अफ द मन्थ’ अवार्डद्वारा सम्मान गरिएको छ। खेलाडीहरूको मेहनत, अनुशासन, नियमितता र उत्कृष्ट प्रदर्शनको कदर गर्दै डिसिए धनगढीले यस अवार्डको सुरुवात गरेको हो।
अवार्ड कार्यक्रमको सुरुवातबारे जानकारी दिँदै डिसिए धनगढीका म्यानेजर सन्दीप भट्टले भने, “खेलाडीहरूको आत्मविश्वास बढाउने, उनीहरूलाई प्रेरणा दिने, सकारात्मक प्रतिस्पर्धाको विकास गर्ने र भविष्यका प्रतिभाहरू पहिचान गर्न यो अवार्ड दिने संस्कृतिको सुरुवात गरिएको हो।”
‘प्लेयर अफ द मन्थ’ दुवै खेलाडीहरू लाई सम्मान प्रदान पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाल क्रिकेट संघ क्यानका पूर्व प्रमुख चयनकर्ता दीपेन्द्र चौधरीको हातबाट गरिएको थियो ।
अबदेखि प्रत्येक महिना दुई खेलाडीहरूलाई छनोट गरी ‘प्लेयर अफ द मन्थ’ अवार्ड प्रदान गरिनेछ । डिसिएको यस पहलले क्रिकेट खेलप्रतिको लगाव, अनुशासन र निष्ठालाई थप उचाइ दिने अपेक्षा गरिएको छ।