राष्ट्रिय कर दिवस २०८२ का अवसरमा नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी NAST सम्मानित

राष्ट्रिय कर दिवस २०८२ का अवसरमा नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी NAST सम्मानि
प्रकाशित : :

कर प्रणालीको सार, लगानीको आधार भन्ने मूल नारासहित मनाइएको १४ औं राष्ट्रिय कर दिवस २०८२ मा, नेशनल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, नाष्ट सम्मानित भएको छ।

धनगढीमा सोमबार आयोजित कार्यक्रममा, आन्तरिक राजस्व कार्यालय धनगढीले नाष्टलाई ‘सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था’का रूपमा सम्मान गरेको हो।

नाष्टले आर्थिक वर्ष २०८०/८१ मा धनगढीस्थित आन्तरिक राजस्व कार्यालयमा सबैभन्दा बढी आयकर तिरेको पुष्टि भएको छ।

सम्मानपत्र ग्रहण गर्दै, नाष्टका सञ्चालक शिवहरी मुढभरीले यो सम्मान चौथो पटक पाएको भन्दै संस्थाले दुई हजार विद्यार्थीलाई शिक्षा दिने मात्र होइन, इमान्दारीपूर्वक कर तिर्ने संस्कारलाई प्राथमिकता दिएको बताए।

उनले कर कार्यालयले सम्मान गरेको क्षणमा, आफूहरू ‘फुल अडिट’ का नाममा झमेलामा परेको अनुभव पनि सम्झिए।

यस्तै, करदाताको अडिट र अभिलेख अनुगमनमा त्रुटि देखिएमा, कर अधिकृतहरूले साथीको भूमिकामा सहज रूपमा बुझाइ दिन सके करदाताको संख्या बढ्ने मुढभरीको सुझाव छ। उनले कर अधिकृतले ‘सरप्राइज’ दिएजस्तो काम गर्ने शैलीमा सुधार ल्याउनुपर्ने टिप्पणी गरे।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट