यूथ सर्ट फिल्म कम्पीटिसन धनगढी सम्पन्न, हिमान्शु भट्टको ‘टर्म्स एण्ड कन्डिसन’ बन्यो विजेता

यूथ सर्ट फिल्म कम्पीटिसन धनगढी सम्पन्न, हिमान्शु भट्टको 'टर्म्स एण्ड कन्डिसन' बन्यो विजेता
प्रकाशित : :

धनगढी : सुदूरपश्चिममा सृजनात्मकताको विकास र फिल्म साक्षरताको विस्तार गर्ने उद्देश्यले आयोजित यूथ सर्ट फिल्म कम्पीटिसन धनगढीको ग्रान्ड फिनाले कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

फोर्टी टेन प्रा.लि.को आयोजना र एसपिए कलेज धनगढीको मुख्य प्रायोजनमा सम्पन्न भएको यस कार्यक्रममा सुदूरपश्चिम क्षेत्रका नव प्रतिभाशाली युवाहरूले कथा लेखन, छायाङ्कन, निर्देशन र सम्पादनमा आफ्नो सृजनशीलता प्रस्तुत गरेका थिए।

फिल्म निर्माणका लागि आवश्यक स्रोत र प्लेटफर्मको अभाव रहेको सुदूरपश्चिममा यूथ सर्ट फिल्म कम्पीटिसन धनगढी एउटा उज्यालो आशा बनेर उदाएको छ। यो कार्यक्रमले युवाहरूलाई फिल्म साहित्यको क्षेत्रमा व्यावसायिक यात्रा सुरु गर्न मार्ग निर्देशन मात्र होइन, छात्रवृत्ति, सम्मान र सिर्जनात्मक अवसरहरू पनि प्रदान गरेको छ।

उक्त कम्पीटिसनका सहभागीहरू मध्ये प्रथम स्थान हिमान्शु भट्टले निर्देशन गरेको ‘टर्म्स एण्ड कन्डिसन’ सर्ट फिल्मले हासिल गर्न सफल भएको छ। भट्टले नगद रु ३०,००० र एभरेष्ट फिल्म एकेडेमी काठमाण्डौबाट रु १,००,००० बराबरको छात्रवृत्ति, ट्रफी, प्रमाणपत्र र पदक प्राप्त गरेका छन्।

यस्तै, फर्स्ट रनरअप सुजल चौधरीले निर्देशन गरेको ‘साथको महत्त्व’ बन्न सफल भएको छ। उनले नगद रु १५,००० र एभरेष्ट फिल्म एकेडेमी काठमाण्डौबाट रु ६०,००० बराबरको छात्रवृत्ति, पदक र प्रमाणपत्र प्राप्त गरेका छन्।

सेकेण्ड रनरअप इभा स्वाँरले निर्देशन गरेको ‘सोल मेट’ सर्ट फिल्मले तेस्रो स्थान प्राप्त गरेको छ। उनले नगद रु १५,००० र एभरेष्ट फिल्म एकेडेमी काठमाण्डौबाट रु ६०,००० बराबरको छात्रवृत्ति, पदक र प्रमाणपत्र प्राप्त गरेकी छन्।

यस्तै, जुरी अवार्ड अंकित जोशी निर्देशित ‘लस्ट एण्ड फाउण्ड’ ले प्राप्त गरेको छ भने स्पेसल मेन्सन अवार्ड जियाना खड्का ले प्राप्त गरेकी छन्। दुवै जनाले यादव फेन्सी, नेहारीका मोबाइल, म्युजिक सपका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरेका छन्।

र विशेष छात्रवृत्ति अवार्ड उत्कृष्ट अभिनय प्रदर्शन गरेको भन्दै रोज बोगटी लाई प्रदान गरिएको छ। उनले एक्टर्स हब काठमाडौँ का तर्फबाट १०० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छन्। उनले यो छात्रवृत्तिको सदुपयोग आफूले चाहेको बेलामा गर्न सक्नेछिन्।

ब्राइटवे पब्लिक स्कुलका विद्यार्थीहरूको राष्ट्रिय गीतमा सामूहिक नृत्य, नवीन महरा र विक्रम पार्कीको गायन प्रस्तुतिले कार्यक्रममा अतिरिक्त ऊर्जा भरेको थियो।

फिल्म ‘द ग्रेट मुखिया’ (निर्देशक सन्जोक रसाइली) को विशेष स्क्रिनिङ, उत्कृष्ट ५ फिल्महरूको प्रदर्शनी र अन्तरक्रियाले सहभागीहरूलाई बाँधेर राखेको थियो, मन जितेको थियो।

उक्त समारोहमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा. टिएन जोशी प्रमुख अतिथि, राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश निर्देशक झंकार रावल, मुख्य प्रायोजक एसपिए कलेजका क्याम्पस प्रमुख योगराज गौतम लगायतका विशिष्ट व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो।

कलाकार तथा एक्टर्स हब एकेडेमीका सिइओ सन्जोक रसाइली र कलाकार रमेश भट्टराई (आर्केश) निर्णायक मण्डलमा रहेका थिए ।

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि डा. टिएन जोशी ले भने, “यो प्रतियोगिता केवल प्रतिस्पर्धा होइन, सम्भावनाहरू उजागर गर्ने अभियान हो। युवाको कला, कथा र सङ्घर्षलाई कदर गर्ने यस अभियानले सुदूरपश्चिमको सृजनात्मक यात्रालाई एक नयाँ दिशा दिएको छ। यस्तो सराहनीय कार्यक्रमका लागि आयोजक संस्थालाई धन्यवाद र बधाई व्यक्त गर्न चाहन्छु। आगामी दिनमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले यो अभियानमा हातेमालो गर्नेछ। यस अवसरलाई अझ वृहत् बनाउनेतर्फ आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

कार्यक्रमलाई सफल बनाउन रियल फु्रट जुस, डाईनामाईट ईनर्जी ड्रिक्स, एभरेष्ट फिल्म एकेडेमी काठमाण्डौं, एक्टर्स हव काठमाण्डौं, एडुपाल नेपाल धनगढी, एवान स्टार टेलर, रुट एण्ड फ्रुट, कल्तडे ईन्जिनियरींग सर्भिसेज, बाल्मीकी ईन्टरनेशनल स्कुल, कैलाली अस्पताल र डिजे म्याक्स लगायतका संस्थाहरूले महत्त्वपूर्ण सहयोग प्रदान गरेका थिए।

त्यस्तै, जीवन आर्ट्स, दिपेश ईन्फोसिस, यादव फेन्सी, म्युजिक सप, माईक्रोटेक, विनायक ईलेक्टोनिक्सजस्ता संस्थाहरूले आकर्षक गिफ्ट ह्याम्पर उपलब्ध गराएर प्रतियोगितालाई अझ रङ्गिन र प्रेरणादायी बनाएका थिए।

पत्रकार सीताराम ओझा ले सञ्चालन गरेको उक्त कार्यक्रम एसपिए कलेजको सभा हलमा यही असार १३ गते सम्पन्न भएको थियो।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट