सुदूरपश्चिमको शैक्षिक इतिहासमा नयाँ फड्को: नेपालका १० उत्कृष्ट होटल म्यानेजमेन्ट कलेजको सूचीमा एस.पी.ए. कलेज

कक्षा १२ मा एसपीए कलेजबाट सुदूरपश्चिम प्रदेशमै सर्वाधिक विद्यार्थी पास
प्रकाशित : :

धनगढी : सुदूरपश्चिम प्रदेशको शैक्षिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप सुदृढ बनाउँदै धनगढी स्थित सुदूरपश्चिमाञ्चल क्याम्पस (एस.पी.ए. कलेज) नेपालका ‘शीर्ष १० होटल म्यानेजमेन्ट कलेज’ भित्र सूचीकृत हुन सफल भएको छ। प्रतिष्ठित अन्तर्राष्ट्रिय शैक्षिक पत्रिका एशिया एजुकेसन रिभ्यु (Asia Education Review) ले सन् २०२५ का लागि सार्वजनिक गरेको उत्कृष्ट कलेजहरूको सूचीमा एस.पी.ए. कलेजले आफ्नो स्थान सुरक्षित गरेको हो।

यस उपलब्धिले सुदूरपश्चिमको आतिथ्य शिक्षाको स्तर देशकै अग्रणी पंक्तिमा पुगेको पुष्टि गरेको छ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सुदूरपश्चिम प्रदेशमा होटल म्यानेजमेन्टतर्फ स्नातक तह (Bachelor of Hotel Management – BHM) कार्यक्रम सञ्चालन गर्ने यो एकमात्र शैक्षिक संस्था हो।

नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयको प्राज्ञिक गरिमालाई आत्मसात गर्दै कलेजले अपनाएको आधुनिक तथा उद्योगमैत्री शिक्षण पद्धति, सुदृढ भौतिक संरचना र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक वातावरणलाई यस सम्मानको मुख्य आधार मानिएको छ।

सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासलाई उच्च प्राथमिकता दिँदै आएकाले यहाँ अध्ययन गर्ने विद्यार्थीहरू विश्वव्यापी श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्षम देखिएका छन्।

एस.पी.ए. कलेजको यो सफलता प्रदेशभित्र मात्र सीमित नभई अन्तर्राष्ट्रिय आतिथ्य उद्योगसँग प्रत्यक्ष जोडिएको छ। कलेजले आफ्ना विद्यार्थीहरूलाई संयुक्त राज्य अमेरिका, युरोप तथा मध्यपूर्वका विभिन्न मुलुकस्थित प्रतिष्ठित होटल तथा रिसोर्टहरूमा अन्तर्राष्ट्रिय इन्टर्नसिप र रोजगारीका अवसर उपलब्ध गराउँदै आएको छ।

यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्नुका साथै विभिन्न संस्कृति र कार्यवातावरणसँग अभ्यस्त हुन सहयोग पुर्‍याएको छ, जसका कारण यहाँका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय मञ्चमा समेत आफ्नो पहिचान स्थापित गर्न सफल भएका छन्।

यस गौरवपूर्ण उपलब्धिप्रति प्रतिक्रिया दिँदै कलेज प्रशासनले यो सफलता शिक्षक, विद्यार्थी, अभिभावक, पूर्वविद्यार्थी तथा सम्पूर्ण सरोकारवालाहरूको सामूहिक प्रयासको परिणाम भएको जनाएको छ।

कलेजका अनुसार एशिया एजुकेसन रिभ्यु बाट प्राप्त यस सम्मानले बीएचएम कार्यक्रमको विश्वसनीयता र गुणस्तरलाई थप मजबुत बनाएको छ। साथै, आगामी दिनहरूमा शैक्षिक तथा व्यावसायिक मापदण्डलाई अझ उच्च स्तरमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

सुदूरपश्चिममै विश्वस्तरीय शिक्षा प्रदान गरिरहेको एस.पी.ए. कलेजले यस उपलब्धिसँगै दक्ष जनशक्ति उत्पादन गर्ने अग्रणी शैक्षिक संस्थाका रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाउँदै लगेको छ।

यसले होटल म्यानेजमेन्ट अध्ययन गर्न चाहने सुदूरपश्चिमका विद्यार्थीहरूलाई काठमाडौँ वा विदेश जानुपर्ने बाध्यतालाई कम गर्दै आफ्नै घरआँगनमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर उपलब्ध गराएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट