SKIP THIS

S.P.A  Collage

कैलाली यु-१६ अन्तर विद्यालय क्रिकेट प्रतियोगिताका ३ उत्कृष्ट खेलाडी लाई एसपीए कलेजले छात्रवृत्ति दिने

एसपीए

धनगढी : कैलाली यु-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ प्रतियोगिताका उत्कृष्ट खेलाडीहरू लाई सुदूर पश्चिमाञ्चल एकेडेमी (एस.पी.ए. कलेज) मा पूर्ण छात्रवृत्ति प्रदान गरिने भएको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा आइतबार देखी सञ्चालन भएको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन जना खेलाडीहरू ले एसपीए कलेजमा उपलब्ध जुनसुकै सङ्कायमा अध्ययन गर्न चाहे पनि पूर्ण छात्रवृत्ति दिइने भएको हो ।

धनगढी स्थित फाप्ला खेल मैदानमा सञ्चालित उक्त प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेल ग्राम पूर्वाधार निर्माण विकास समिति अध्यक्ष एवं एस.पी.ए कलेजका प्रबन्ध निर्देशक शुवास शाहीले कैलाली यु-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ३ जना खेलाडी लाई एस.पी.ए कलेजमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने प्रतिबद्धता जनाएका हुन् ।

”पछिल्लो समय कैलाली जिल्ला क्रिकेट संघले विभिन्न उमेर समूहका खेलहरू गराउँदै ‘धनगढी सिटीअफ क्रिकेट’ भन्ने नारालाई सार्थक तुल्याउन अहम् भूमिका खेली रहेको छ । यस्ता प्रतियोगिताहरू बाट नै खेलाडीहरू जन्मिन्छन्, निकट भविष्यमा विश्वकप जित्ने गरी नेपाली राष्ट्रिय टिममा खेल्न योग्य भएको खेलाडीहरू ले यही र यस्तै प्रतियोगिताहरू बाट आफूलाई साबित गर्ने हुन्, मेरो तर्फबाट जितको लागी पनि शुभकामना छ । म खेल सँगै शैक्षिक संस्था सँग पनि जोडिएको व्यक्ति भएको नाताले यहाँहरू लाई बधाई र हौसला स्वरूप यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन जनालाई कैलाली जिल्ला क्रिकेट संघको सिफारिसमा एस.पी.ए कलेजमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दछु ।” शाहीले भने ।

सुदूरपश्चिमको विकाशमा प्रत्यक्ष सरोकार राख्ने फाप्ला खेल मैदानमा क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको सन्दर्भमा रङ्गशाला बन्ने कार्य बारे बोल्न उचित हुने बताउँदै शाहीले अहिले निरन्तर प्रशासनिक कामहरू ले गति पाएको र सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्दै तिन वर्ष भित्र भौतिक संरचना निर्माण भई सक्ने गरी कामहरू ले गति पाएको जानकारी दिए ।

यस्तै, उद्घाटन कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेका कैलाली जिल्ला क्रिकेट सङ्घका अध्यक्ष एवं नेपाल क्रिकेट सङ्घका केन्द्रीय सदस्य विक्रम विष्टले क्रिकेट खेलाडीहरूको उत्पादनका लागि प्रतियोगिता आयोजना गरिरहेको र आगामी दिनहरू मा पनि जिल्ला क्रिकेट संघले थप परिष्कृत ढङ्गले प्रतियोताहरु आयोजना गर्ने बताए ।

“यहाँ उपस्थित क्रिकेट प्रेमी र क्रिकेट सँग सरोकार राख्ने व्यक्तिहरू को साथ सहयोगबाट प्रतियोगिताहरू आयोजन गर्न सम्भव भइरहेको छ । थप फाप्ला अन्तर्राष्ट्रिय खेल ग्राम पूर्वाधार विकास परियोजनाका अध्यक्ष एवं एस.पी.ए कलेजका प्रबन्ध निर्देशक शुवास शाही ज्युको तीन जना उत्कृष्ट खेलाडीलाई कलेजमा छात्रवृत्ति प्रदान गर्ने प्रतिविद्धताले थप हौसला मिलेको छ उहाँलाई सहयोगका लागि धन्यवाद ।” विष्टले भने ।

उद्घाटन कार्यक्रमको सञ्चालन कैलाली जिल्ला क्रिकेट सङ्घका सदस्य पदम ब. सिंहले गरेका थिए भने कार्यक्रममा कैलाली जिल्ला क्रिकेट सङ्घका पूर्व अध्यक्ष रतन कठायत, सुदूरपश्चिम क्रिकेट विकास समितिका सदस्य वावुराजा श्रेष्ठ, सुदूरपश्चिम क्रिकेट विकास समितिका छनौट समितिका प्रमुख दीपेन्द्र भण्डारी, कैलाली जिल्ला क्रिकेट सङ्घका सम्पूर्ण पदाधिकारीहरू लगायत अन्य क्रिकेट प्रेमीहरूको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार