मधेशको मुद्दा हराएको छैन : उपेन्द्र यादव

उपेन्द्र यादव
प्रकाशित : :

जनकपुरधाम: जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जसपाले मधेशको मुद्धा छोडेको भन्ने आरोप गलत भएको बताएका छन् ।

आफ्नो पार्टीको प्रभाव देशका सबै भुभाव हिमाल, पहाड, तराईमा देखेपछि ठाकुरपक्षले मधेशको मुद्दा हराउन थालेको भन्दै धेरै ठाउँमा भ्रम फैलाउन लागिएको बताए ।

जसपाद्धारा शुक्रबार जनकपुरधाममा ओयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘केही विकृत मानसिकतावादी सोचले पहाडीसँग मिलिहाल्यो मधेशको मुद्दा छोडिदियो भन्ने भ्रम फैलाइएको छ’, ‘मधेशको मुद्दा राष्ट्रिय मुक्तिको सवाल हो । मधेशीविरुद्ध भेदभाव शोषण उत्पीडन रहेसम्म मधेशको मुद्दा एक नम्बरमै रहिरहनेछ ।’

अध्यक्ष यादवले दलविहीन भइसकेको महन्थ ठाकुर पक्षको आफूहरुले उद्धार गरेको समेत बताएका छन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट