धनगढी : कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
कैलाली जिल्ला अदालतको मिति २०७७ पौष १९ गतेको फैसलाले १ महिना ७ दिन कैद र रु १० हजार जरिवाना भई फरार रहेका धनगढी १ शान्तिनगरका २८ बर्षीय नबिन चौधरीलाई प्रहरी टोलीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलाली मातहत अस्थायी प्रहरी पोष्ट शान्तिनगरबाट खटिएको प्रहरी टोलीले खोज तलासको क्रममा चौधरीलाई आज पक्राउ गरेको हो । पक्राउ गरी कैलाली जिल्ला अदालतमा पेश गरीएको जनाइएको छ ।