कञ्चनपुर : कञ्चनपुरका वरिष्ठ पत्रकार रामबहादुर चन्दको आज निधन भएको छ । छोरी–ज्वाँई ईश्वरी र सुभाष सिंहसँग ललितपुरको भैसिपाटीस्थित घरमा बस्दै आउनुभएका चन्दको ९५ वर्षको उमेरमा निधन भएको हो ।
बैतडी जिल्लाको तत्कालीन चौखाम गाविस (हाल सिगास गाउँपालिका) मा जन्मनुभएका चन्द लामो समयदेखि बिरामी अवस्थामा हुनुहुन्थ्यो ।
महेन्द्रनगरमा बसेर लामो समय पत्रकारिता गर्नुभएका चन्दलाई प्रेस काउन्सिल नेपालले ‘प्रेस स्वतन्त्रता सेनानीको’ सम्मान समेत दिएको थियो ।
वरिष्ठ पत्रकार चन्दको निधनमा पत्रकार, आफन्तलगायतले शोक व्यक्त गरेका छन् ।
सुदूरपश्चिमको पत्रकारिताका खम्बा मानिने चन्द लामो समय वामपन्थी आन्दोलनमा पनि सक्रिय हुनुहुन्थ्यो ।