५ घण्टापछि खुल्यो कैलालीमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग

कैलालीमा महिलाको मृत्यु भएपछि ट्रकमा आगजनी

धनगढी : कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको शव उठाइए पछि अवरुद्ध पूर्व-पश्चिम राजमार्ग खुलेको छ । शव उठाइएपछि ५ घण्टादेखि अवरुद्ध राजमार्ग पनि खुलेको ट्राफिक कार्यालयले जनाएको छ ।राजमार्ग खुलेसँगै यात्रुहरु गन्तव्यतिर लागेका छन ।

बिहीबार दिउँसो १२ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीमा ना२ख ९३७० नम्बरको ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको घटनास्थलमै मृत्यु भएको थियो ।

आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए भने ट्रकमा आगजनी समेत  गरेका थिए । शव पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार