ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि कैलालीमा ट्रकमा आगजनी

कैलालीमा महिलाको मृत्यु भएपछि ट्रकमा आगजनी

धनगढी : कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि लम्कीमा तनाव सृजना भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि तनाव बढेको हो।

मृतकको सनाखत भएको छैन। स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्नले प्रह्रीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ। अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ। यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी गरेका छन्।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार