काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कुल मृतकको संख्या ७ सय ९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ ।