नेपाल पत्रकार महासंघको मिसन टोली धनगढीमा

पत्रकारमाथि भएको आक्रमणको स्थलगत अध्ययन गर्दै

धनगढी । सञ्चार गृहमा प्रवेश गरी पत्रकारमाथि भएको आक्रमणको स्थलगत अध्ययन गर्न नेपाल पत्रकार महासंघको मिसन टोली धनगढी आएको छ ।

समाचारको बिषयलाई लिएर केही समय अगाडी एक समुहले सञ्चार गृहमा आक्रमण गरी कुटपिट गरेको घटनाको अध्ययन गर्न महासंघका महासचिव रमेश विष्टको नेतृत्वमा रहेको टोली धनगढी पुगेको हो ।

महासचिव रमेश विष्टको नेतृत्व रहेको टोलीमा सचिव रामप्रसाद दाहाल, सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, कैलाली अध्यक्षलगायत सहभागी हुने छन्।

टोलीले घटनाका सम्बन्धमा स्थलगत रूपमा अध्ययन गरी पीडित पक्ष, स्थानीय प्रशासन, प्रहरी, सरोकारवाला, पत्रकार लगायतसँग छलफल गरी सत्य तथ्य सार्वजनिक गर्ने महासंघले जनाएको छ। उक्त घटनामा संलग्न भएको आरोपमा अहिले सम्म ५ जना पक्राउ परेका छन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार