अनसनरथ डा. गोविन्द केसीको समर्थनमा बोलन्या थलीको सेटमा कविता !

अनसनरथ डा. गोविन्द केसीको समर्थनमा बोलन्या थलीको सेटमा कविता

धनगढीः चिकित्सा शिक्षा सुधारको सहित विभिन्न ६ बुँदे माग राख्दै २६ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा कविता बाचन कार्यक्रम गरेको छ । शनिबार बोलन्या थलीको आयोजनामा “डा. केसिका लागी कविताहरु” भन्ने दबाबमूलक कार्यक्रम बोलन्या थलीको सेटमा गरेको हो ।

२६ दिन पुगिसक्दा पनि सरकारले कुनै चासो नदिएको भन्दै डा. केसीका माग जायज भएको भन्दै त्यसका लागि आआफ्नो क्षेत्रबाट दबाद आवश्यक रहेको भन्दै सहभागी सर्जकहरुले कविता मार्फत सरकारको ध्यानाकर्षण गरेका थिए ।

कार्यक्रममा सर्जक जनक रसिक,शिवराज पनेरु,मदन भण्डारी,तेज पुरुष,रियल एनलाईसिस,लक्ष्मण भट्ट र सन्तोष पन्तले कविता र गजल वाचन गरेका थिए ।
यस्तै कार्यक्रममा बोलन्या थलीका संयोजक यादव जोशी,बोलन्या थली युनिटिका सदस्य लगायत डा। केसिका समर्थक युवाहरुको सहभागी रहेको थियो ।

दबाबमूलक कार्यक्रम बोलन्या थलीको सेटमा कवि मनिराम जोशीको रचना सिद्धराज पनेरुले बाचन गरेको कविता “गोविन्द हुन् सकलका उपकारकारी”

गोविन्द हुन् सकलका उपकारकारी ।
गोविन्द हुन् असुर नास विनासकारी ।
गोविन्द रातदिनमा जनचाहनामा ।
हुन्छन् समर्पण सधैं जनभावनामा ।।१।।
छैनन् कुनै धन-कलत्र र पुत्र-पौत्र ।
छैनन् उपार्जन धनार्जन चाह भित्र ।
सेवा गरेर जनजीवनका निमित्त ।
आजन्म अर्पण गरे भई दत्तचित्त ।।२।।
दुःखी र रुग्ण धनहीन अनाथ नाथ ।
सेवा गरेर भर जीवन पूर्ण भाछ ।
जे जे छ जो छ धन-यौवनको लगानी ।
सारा समर्पण गरे अति हर्ष मानी ।।३‌।
रोगी भए बहुत निर्धन स्वास्थ्यसेवा ।
पाएन औषधि बिते दुःख रोगले वा ।
छोडेर भोजन समेत गरेर माग ।
प्राणै समर्पण गरे अनि सर्बत्याग ।।४
त्यागेर लोभ मद भैकन निर्बिकार ।
यो धर्तिको सपुत गर्छ परोपकार ‌।
गर्छौं सदैव जयकार अपार हर्ष ।
गोविन्द ईश्वर बनाउन खोज्छ स्वर्ग ।।६।।

यस्तै, कार्यक्रम बोलन्या थलीको सेटमा सर्जक तेज पुरुषले बाचन गरेको गजल “६ मैना देखि एक छाक खाएर बाँचेको छु”

झन जोगाउन खोज्दा झन गुमेको छ
तिम्रो विकासले मेरो आगन गुमेको छ
देशको माटो संग जोडिएको मान्छे हुँ म
अस्तिको पहिरोमा परिवार जन गुमेको छ
सहि बाटोमा सरकार किन हिन्न मान्दैन
लाग्छ त्यस्को मानसिक सन्तुलन गुमेको छ
छ मैना देखि एक छाक खाएर बाँचेको छु
आफ्नो त स्रोत गुमेको छ साधन गुमेको छ
कुर्सीमा बसि बलात्कार भा छैन भन्नू हुन्छ
तपाइँ लाई के थाहा मान्छेको जीवन गुमेकोछ

यस्तै, दबाबमूलक कार्यक्रम बोलन्या थलीको सेटमा सर्जक जनक रसिकले बाचन गरेको कविता “सफा हातको भूगोशल”

मन सफा भएर मात्र नपुग्दो रहेछ
तन पनि सफा हुनैपर्ने रहेछ
पृय सोमनाथ !
साबुनपानीले धोइराख्नु वदन ।
जिउनु भनेको धेरै थोक गर्नु हो
खुट्टाहरु केवल सिधा बाटो हिड्न जान्दछन
हिड्नु बाहेक सबथोक जानेको हुन्छ हातले
तिनैको कब्जामा छ भूगोल ।
जीवनमा
सबैभन्दा बर्ता बहकिने पनि हातै हुन
बहकिएर हात कैलेकाहीं
चिप्लिन सक्छन् कानुनका हरफबाट
घस्रिन सक्छन् फोहोरको डंगुरमा
फस्न सक्छन् ठेकेदारको कमिसनमा
पौडिन सक्छन् सेवाग्राहीको आँशुमा
घुस्न सक्छन् बजेटको ढुकुटीमा
सल्बलाउन सक्छन् किशोरीका वदनमा
कुरुप बनाइदिन सक्छन् देशको माटो ।

सम्हाल्नु,
अपवित्र नबनुन हातहरु
धेरै पवित्र कर्म गर्नु बाँकी छ
त्यही हातले लेख्नुपर्ला पुर्खाको इतिहास
कोर्नुपर्ला सन्ततीको भविष्य
पठाउनुपर्ला पृयजनलाई सन्देश
छाम्नुपर्ला जीवनसाथीको वक्षस्थल
बढार्नुृपर्ला आँगन
सजाउनुपर्ला घर
सम्याउनुपर्ला बाटो
त्यही हातले लगाउनुपर्ला दशैंको टिका
आफ्नै हृदयको टुक्रा सन्तानलाई
हत्केला उठाएर बोल्नुपर्ला शुभाषिस
मंगलम् भगवान विष्णु ।।।
कुनै दिन इश्वरलाई सम्झेर
फूल चढाउनुपर्ला मन्दिरमा
इश्वर पवित्रताको प्रतिमूर्ति हो
अपवित्र हातले चढाएको फूल
पवित्र इश्वरले ग्रहण नगर्न सक्छ
तिम्रो आस्थाको स्वर्ग–द्वार
कहिल्यै नखोलिन सक्छ ।
जहाँजहाँ छोइन्छ अपवित्र हातले
त्यहाँ त्यहाँ सर्न सक्छन अपवित्र जीवाणु
फैलिन सक्छ भयानक महामरी
तनभरी अपवित्र जीवाणु सल्बलाइरहदा
जल्नेछैन तिम्रो लाशमाथि
पवित्र दियोको अनन्त ज्वाला
पृय सोमनाथ १
सधैं पवित्र राख्नु हात
प्वित्र बन्नेछ संसार ।

यस्तै, बोलन्या थलीको सेटमा सर्जक मदन भण्डारीले बाचन गरेको कविता “इन्धन बिनाको सवारी”

इन्धन बिनाको सवारी
इन्धन सकिनै लागेको
अन्तमा रिजव मागेको
सवारी देख्नुभएको छ र?
हुन त
तपाई जलश्रोतको धनी देशको मान्छे ।
इन्धन सकिए के भयो र?
पानीबाट जहाज चलाउन सक्ने मान्छे !
सवारी चलाउनु के ठुलो कुरा भयो  र?
खैर!
मेरो जस्तो तपाइको नसिब कहाँर ?
जो इन्धन बिनाको सवारी देख्नुपरोस ।
महासय,
मैले सवारी बक्दा
तपाइका नजर सिंहदरबार केन्द्रित भएहोलान ।
तर
रिसानी माफ होस ।
ति सवारी हरदम फुल ट्याङ्क भेटिन्छन् ।
जो सर्वहाराको खुन, पसिनाले भरिएका छन ।
सवारी पसिनाले लिप्त छन त सवार खुनले तृप्त छन ।
ति सवारीका अगाडि अदृश्य सुचना टाँसिएको छ
माफ गर्नुहोला । तपाईले रोक्न खोज्नुभएको सवारी तृप्त सवारहरुद्वारा रिजव गरिएको छ ।

पर्खनुहोस्
नआत्तिनु होस् ।
के तपाईले
इन्धन सकिनै लागेको
अन्तमा रिजव मागेको
औषधिको बिटो बोक्ने
टीबी लाग्याझैं मारी खोक्ने
सवारी देख्नुभएको छ रु
देख्नुभएको छैन भने त्यो मै हो ।
आउनुस मै माथि सवार गर्नुहोस् ।
तर होस गर्नुहोला ।
म इन्धन सकिनै लागेको सवारी हु ।
क्षमताले भ्याय गुड्छु
नभ्याय तपाई गुडाउनुहोला ।
तर तपाइको यात्रा स्वस्थ
बनाउन हर्दम तयार छु ।
किनकी
म वातावरण मैत्री छु, प्रदुषण गर्दिन
दिगो बिकाश मैत्री छु, भ्रष्टाचार गर्दिन ।
स्वास्थ्य मैत्री छु, ब्यापार गर्दिन
सुरक्षा मैत्री छु, चेलिको बलत्कार गर्दिन ।
सुशासन मैत्री छु, हड्ताल गर्दिन ।
म सर्वहाराको पसिनामा लिप्त छैन
म सर्वहाराको खुनमा तृप्त छैन ।
ब्राण्डेड इन्धन छाडेर
बस कहिले काही
इन्धनको रुपमा सलाइन चढाउछु ।
बिश्वास छ भने मैसाब
आउनुस इन्धन सकिनै लागेको मै माथी सवार हुनुस ।
कहिहेकाही
म भित्रको सवारी चालक
अलि अनियन्त्रित हुन्छ
ससंकित हुन्छ ।
देशको ब्यवस्था देखेर
स्वास्थको अवस्था देखेर
शिक्षामा ब्यापार देखेर
दिनदिनैको हडताल देखेर
म भित्रको सवारी चालक आफै बर्बराउछ ।

भनिरहेको हुन्छ
जनताले औधी मन पराएको सवारी, सरकरले रत्तिभर नपचाएको सवारी
बोलिरहेको हुन्छ
म त्यस्तै एक सवारीको कुसल चालक हु
बिद्वत्व प्राप्त गरेर पनी
म एक गवार, लफङ्गो, उत्ताउलो
धैट पागल ।
जरुर साथी म पागल ।
बिग्रियो सवारीको चाल, यस्तै छ मेरो हाल ।
एकदिन
एकजना सवारी सवारले मेरो सवारी चालकलाई प्रश्न गरेछन तिमिलाई पैसाको के जरुरत ?
टिलपिल गर्दै चालकले जवाफ फर्काएछन थोरै इन्धन, बाकी सवारीको उपचार

तिम्रो सवारीको इन्जिन पनी खराव छ। यस्को उपचार कहिले गर्दैनौ
हवारको यो सवालमा चालकले जवाफ फर्काउछ १९ पटक ग्यारेज धाइसके, अनसन बसी नारा समेत लाइसकेु
केही पार ला छैन
झन यैले त अनसने चालक भन्छन सबैले ।
इन्जिन झनझन खराब हुदै गाछ
रोगी हुदै गाछ
इन्धन रुच्दैन
खाना पच्दैन
औषधी लिन मान्दैन
पौष्टिक खान जान्दैन
कहि कतै मेरो सवारीको इन्जिन रोकियो भने
सबै सवार मिलेर मर्मत गर्ने कोसिस गर्नु
भएन भने सेलाइदिनु ।
मलाइ चिन्ता छ
मेरो चालकका मनगडन्ते कुराले भड्केर
सवारहरु मेरो इन्जिन बिरामी भएजस्तै बिरामी हुने त होइनन ?
खैर यस्ता कुरा त पछी गरौला
अहिले
आउनुस आउनुस
बर्षमा २ पटक मात्र
भब्य तिर्थको यात्रा
टन्न सिटामोल र जिवनजल सहितको पृथक पुष्पको बिटो लिएर
आशा, भरोषा, बिश्वास, प्रेम स्नेहको टन्न उर्जा लिएर
च्यातिएका, टुटेका,
भत्केका, फुटेका
अल्झिएका, बल्झिएका
घाउहरु खोज्दै
हुम्ला कर्णालीका
कटेरा र बस्तीहरुमा
मन्दिर खोज्न निस्कन्छौ
स्वाथ्यको सप्ताह लगाउन ।
चालक भन्दैछन !
यस्तरी नै तिर्थ जानुपर्छ साथी सालसाल
बिग्रियो सवारीको चाल, यस्तै छ मेरो हाल
जादैगर्दा
माइतिघर मण्डलामा
प्रदशनकारी उफ्री उफ्री प्रदशन गरिरहेका छन
लेखिएको छ

यहिबेला मेरो इन्धनबिनाको सवारी रोकियो
घ्याटघ्याट ठ्याकठ्याक गर्दै भित्तामा ठोकियो ।
यहिबेला प्रहरी मेरो साथी आएर लाठी हान्दै भन्छ ए पागल ! इन्धन बिनाको सवारी साइड लगा

त्यस्तै, बोलन्या थलीको सेटमा सर्जक रियल एनलाईसिसले बाचन गरेको कविता “आऊ साथि सत्यको लडाईमा”

एउटा बूढो रुख
फेदमुनी हुर्किदै गरेका
कलिला मुनाहरुलाइ
दिनभरि नियाली रहन्छ
रातभरि सोच्न थाल्छ
म उभियको धरातल
कुनै भु(माफियाको कब्जामा परे
यी कलिला मुनाहरुको हाल के होला(रु
जिन्दगीका हजारौ गर्जन
जङ्गल भरि गर्जेर
राज गरेको सिंह
साझपख गुफामा लम्पसार परेर
बाहिर नाच्दै गरेका डमरुलाई हेरेर
आँखा रसिला बनायर सोच्न थाल्छ
यो जङ्गलमा
कुनै तस्करको नजरलागे
हुर्किदै गरेका डमरु हाल के होला(रु
यहाँ हरेकलाइ हुन्छ
आफ्नो धरातलको चिन्ता
आफ्ना सन्तानको चिन्ता
यिनै चिन्ताका दस्ताबेज
झोलामा च्यापेर
एक बूढो डाक्टर
डुलिरहन्छ
बुढिगङ्गा किनार तिर
ताजकोटका बस्ती भित्र
देउलिका टाकुरा तिर
सल्लेरी देखि सोलु सम्म
आसाका बीउ बोकेर
फाट्दै गरेको सेतोकोटको खल्ती भरी
आफू जस्तै ल्यापटप बोकेर
काठमाडौको खबर सुन्ने
आफ्नो हाल भन्ने
मोबाइल थिच्दै थिच्दै१
बूढो डाक्टर
रुकुमका दुर्गम बस्तिका
बिरामिको चिन्ता गर्दै हिन्छ
छातिमाथी आफन्त र देश बोकेर
बिदेशी गल्लिहरुमा चहारी रहेका
जुम्ली विद्यार्थीका सपना
आफ्ना आखामा नचाउछ
पर पर हिमाल भन्दा पर
माथी माथी सगरमाथा भन्दा माथी
महाकाली देखि मेचि
लिम्पिया देखि टिस्टा
स्वास्थ सेवा बिस्तार होस भन्छ
तर
स्वाभिमानको धौलागिरी जत्रा
कुरा गर्ने
देशभक्तिको सगरमाथा भन्दा अग्ला
कुरा गर्ने
भुपिले भने झैं
स्टक एक्सचेन्जका सेयर जस्तै
आत्मा क्रय बिक्रय गर्ने नेताहरु
बूढो डाक्टरलाइ
पागल भन्छन११
हामिले यो देशका क्यान्सरहरुको
केमोथेरापी नगरे कस्ले गर्नेरु
च्वास्स च्वास्स घोच्ने घातक
गुहेत्राहरुलाइ कस्ले जरै देखि उखाल्नेरु
माओले भन्थे
ूअन्याय देख्दा
आखामा आगो नउब्जाउने युवा
युवा नै होइनू
यो प्रश्न खडा भयको छ
तपाईं हाम्रा अघि
के हामिलाइ बल्झिदैन
द्दठरद्दठ दिनको भोकको घाउरु
विश्व बिजेता
अलेक्जेण्डर द ग्रेट
मृत्युसैया बाट
आफ्ना जनरलहरुलाइ भन्थे
ूम मरे पछि
मेरो स्मारक नबनाउनु,
मेरो शरीर गाडी दिनु,
मेरा हातहरु बाहिर देखाइदिनु,
मान्छेलाइ थाहा होस कि
संसार जितेका मान्छेका
हातमा केही थियनू
आज बूढो डाक्टर
आलाप गरिरहेछ
ूमेरा ब्यक्तिगत चाहाना केही छैन
बस उपत्यका भित्रको
स्वास्थ क्षेत्रको सिन्डिकेट तोडिदेउ
पुर्याइदेउ दुर दराजका बस्तिसम्म
सिटामोल
जिवनजल
बनाइदेउ गरिबको छोरोले पनि
डाक्टर बन्ने गोरेटो१११
सासक कति क्रुर हुन्छन
भोक हड्तालमा जीवन गुमायकी
टर्कियन न्याय कर्मी इबु तिम्तिक
पछिल्लो उदाहरण हुन
यहाँ पनि घटना दोहरिन सक्छ।
आउ साथी
सत्यको लडाइमा
बूढो डाक्टरकलाई
जिवनको बैसाखी दिन
मेडिकल माफियाको
सिन्डिकेटको जालो तोड्न
यो लडाइ हाम्रै हो
हाम्रा सन्ततिको भबिस्यको हो
आउ साथी
सत्यको लडाइ लड्न।

र दबाबमूलक कार्यक्रम बोलन्या थलीको सेटमा सर्जक लक्ष्मण भट्टले बाचन गरेको कविता “म अचेल ठूलो सपना देख्दिन”

मैले ‘क, ख, ग, घ….A,B,C,D….’
छुट्याउन सक्ने उमेरमा पुग्नु अगावै
बा मलाई प्रश्न गर्नु हुन्थ्यो
बाबु, तिमी ठूलो भएपछि के बन्छौ?
मलाई सताउँने बेलामा
मेरो शिर सुम्सुम्याउँदै
आमा, ‘बा’तिर हेर्दै
हमेसा एउटै बात गर्नु हुन्थ्यो
सुन्नुन,
हाम्रो बाबुलाई यो देशको ठूलो डाक्टर बनाउनु पर्छ है।

स्कूल जाने भइसकेपछि
कक्षाकोठामा एक-एक गरी सोधिन्थ्यो
तिमी ठूलो भएपछि के बन्छौ?
दूधे दाँत पनि पूरै ननिस्केको
मेरो मुखबाट तोतेबोलीमा उत्तर निस्कन्थ्यो
“सर, म त थुलो भएपछि दाक्तर बन्छु।”
मेरो उत्तर सुनिसकेपछि
पिठ्यु थप्थप्याउँदै सरले “स्यावास!”
भनेपछि मात्र चाल पाएको थिँए
डाक्टर भनेका ठूला मान्छे हुन् भनेर।

नेपाली विषयको परीक्षामा “मेरो जीवनको लक्ष्य ” शिर्षकमा
निबन्ध लेख्न आउँदा
प्रफुल्ल हुँदै
आफैभित्र रमाउँदै
सेता कागजका पानाहरू
लगातार भरिन्थ्यो।

जिन्दगीमा जस्तो सुकै परिस्थिति आएपनी
पछि नहट्ने संकल्पले बाधीएको यो निडर मुटु
त्यो दिन झस्केको थियो
जुन दिन
डाक्टरी पढ्न चाहिने लगानी बारे सुनेको थिँए
बा, कहिल्यै नहड्बडाएको यो मष्तिष्क  त्यो बेला हडबडाएको थियो
जब मैले +२ मा मैले
Biology कि Math
Biology कि computer
छान्नु परेको थियो ।

मेरा लागि कापी किताब किन्नकै लागि
पल्ला घरे काकाबाट लिएको ऋण तिर्नै बाकी थियो
आमाको लागि खोकीको औषधि किन्न नसक्दा
उता आमा छाती च्यापी च्यापी खोक्दा
यता मेरो छाती भकानिन्थियो
हजारको हिसाबमा अल्मलिने मेरा बालाई
डाक्टर बन्नका लागी लाग्ने लाखौंको हिसाब कसरी बुझाउँनु
बल्ल होसमा आएको थिँए बा,
९0/९५% ले भरिएका मेरा सर्टिफिकेट भन्दा भारी
हजुरको खल्ती हुनु पर्ने रहेछ।

बा मेरो लक्ष्य र हजुरको खल्तीको हिसाब किताब गर्ने क्रममा
अलिकती त्रुटि भएछ
त्यसैले लक्ष्य प्राप्तिको बिषयमा फेल भएको छु
तसर्थ मैले गोजिको हिसाब किताब क्लियर नगरी
सपना देख्न छोडी सके
मैले अचेल ठूलो सपना देख्न छोडि सकेँ।

मलाई माफ गरिदिनु होला बा
हजुरको सपना पूरा गर्ने सकेन।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार