‘अरबका अर्ब पति हामी नेपाली, बुढा नेता लाई बाल छैन !’

भूगोलमा सानो भएता पनि नेपाल धार्मिक, भौगोलिक हिसाबले निकै धनी देश हो ।

Dipak Raj Bhatta

भूगोलमा सानो भएता पनि नेपाल धार्मिक, भौगोलिक हिसाबले निकै धनी देश हो । यहाँ बसोबास गर्ने मानिसहरू बहु भाषिक, बहु धार्मिक, बहुभाषिक छन् । सबैको आफ्नो चालचलन बोली भाका , पर्वहरू , चलनहरू रहेका छन् । देशमा रहेको युवा शक्ति खाडी मुलुक अरब भ्याई नभ्याई भएको छ। रेमिटेन्स बाट चलेको देशले अहिले पछिल्लो समयमा कोरोना महामारीले देश थला परेपछि हरेक नेपालीको टाउकोमा रिन तपिँदै गएको छ । देश बनाउने भनेकै युवाले हो कि राजनीतिमा होस कि किसानी मा होस युवा शक्ति को गाजर , जोसले सहजे जे पनि गर्नु सक्छ ।

राजनीति:

विकसित देशहरूमा हेर्ने हो भने देश पी.एच.डी गरेकाहरूले हाँकेका छन्, युवा शक्तिले नेतृत्व लिएका नेपालमा भने तिनै बुडा जसले आराम गर्नु पर्ने हो तिनले गफै-गफमा देश बनाई सकेका छन् । रिन थिपदै छ , विकासका नाममा विनाश हुँदै छ यति मात्र होईन संरक्षणका नाम मा भएका ईतउहास मेटाउने प्रयास पनि जारी नै राखेका छन् ।

शिक्षा:
सरकारी विद्यालय लाई त छात्रा विद्यालय भन्दा फरक नपर्ला , छन् त केवल छात्राहरू मात्र , आखिर छात्रहरू कहाँ जान्छन् त भन्दा निजी विद्यालयमा जान्छन् । धनीका छोराहरू निजी लगानीमा खोलिएका ती विद्यालयमा जान्छ, जसले सरकारी विद्यालयमा शिक्षक भएर काम गरिरहेका छन् स्वयम् तिनकै छोराछोरी निजी विद्यालय जान्छन् सरकारी विद्यालयमा पनि कु-राजनीति जन्माई सकेका छन् । शिक्षामा समानता छैन । यहाँको उहीँ पुरानो पाठ्यक्रम जसमा खिचडी बनाउने तरिका हाेईन् खिचडी चार्ने तरिका सिकाइन्छ । प्राविधिक शिक्षालय औलामा गन्न सकिने छन् । कसरी हुन्छ त रोजगारी बुर्जुवा शिक्षा बाट!

रोजगारी: 
देशमा कु राजनीति छ , बुर्जुवा शिक्षा छ त ” रोजगारी कहन बाट कसरी होस त ! रोजगारी छ त केवल त्यी अरब का खाडीमा छ जहाँ २० घण्टा को रापमा काम गर्नु बाध्य छन् दाजुभाइ दिदीबहिनी ।

स्वास्थ्य: 
स्वास्थ्य क्षेत्रमा कागजमा सरकारको लगानी निकै बढी रहेको छ तर विडम्बना सेवा र सुविधा भने त्यी कागजमा सीमित छन् । जहाँ सिटामोल छैन, जहाँ सेनेटर प्याड छैन उनै लाई देखेर थाहा हुन्छ कि स्वास्थ्य क्षेत्रमा कति पहुँच र प्रगति छ भनेर, विश्वमा कोरोना आतङ्क आयो नेपाल पनि त्यो बाट अछुतो रहन सकेन । अरब गएका दाजुभाइ दिदीबहिनी लाई व्यवस्थापन गर्नुका लागि सरकारले निकै लगानी गर्याे आफ्ना जनता बचाउनुका लागि तर त्यी दाजुभाइ दिदीबहिनी को लगानी कागजमा त भयो तर व्यवहारमा त्यिनै स्वास्थ्यकर्मी , र प्रतिनिधिहरूले कहीँ आफ्ना घरेडि किने त कहीँ विल नसि चिजवस्तुहरु । देशमा जब सम्म युवाले नेतृत्व पाउदाने , सरकारको यतस्ट नीति बनाउँदैन तब सम्म अरबपति होईन देश अरबपति नै हुने छ । सोच र धारणा युवा शक्तिमा हुनु जरुरी छ देश आफै परिवर्तन हुन्छ । उल्लेखित विचारहरू लेखकका व्यक्तिगत विचार हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार