सगरमाथाको चुचुरोदेखि मृत सागरको सतहसम्म पृथ्वीको माया बढोस्, विश्वलाई पृथ्वी दिवसको शुभकामना !

‘पृथ्वीलाई पुनस्र्थापित गरौं ।’

सगरमाथाको चुचुरोदेखि मृत सागरको सतहसम्म पृथ्वीको माया बढोस्, विश्वलाई पृथ्वी दिवसको शुभकामना !

‘पृथ्वीलाई पुनस्र्थापित गरौं ।’

world earth day

सनातन धर्म र प्राचीन विज्ञानमा पञ्च तत्वको वरिपरि मानवीय चेतनाको ब्याख्या गरिएको पाइन्छ, ‘पृथ्वी, जल, अग्नि, वायु अनि आकाश ।’ यी पाँच तत्वको कारण भएको मानिसको उपस्थितिलाई सर्वमान्य रूपमा आजको विज्ञान र प्राचीन खोजहरूले धार्मिक र सांस्कृतिक रूपमा मानेको छ ।

पृथ्वी हाम्रो आधार हो । सनातन धर्मले आमाको रूपमा मानेको यस सर्वव्यापी धरातलको महत्वलाई विश्वभरि नै महत्वकासाथ हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ । सन् २०२१ को विश्व पृथ्वी दिवसको नारा तय भएको छ, ‘पृथ्वीलाई पुनस्र्थापित गरौं ।’

कोरोनात्रासपछि सामान्य अवस्थामा फर्किरहेको पृथ्वीमा धेरै वस्तुस्थिति अझै पूर्ववतः अवस्थामा आइरहेका छैनन् । यसका लागि नै हुन सक्छ, सन् २०२१ को विश्व पृथ्वी दिवसको नारा राखिएको हुनुपर्छ, च्भकतयचभ यगच भ्बचतज ।

यो दिन आधुनिक वातावरणीय कार्यक्रम र चेतनाको सन् १९७० मा भएको शुरुवातका रूपमा मनाउन थालिएको हो । सन् २००९ मा राष्ट्र संघको ६३ औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलोपटक यो दिवस मनाएको थियो । अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाईमा पर्यावरण शिक्षा कार्यक्रमका रूपमा यो दिवस मनाइएको थियो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पु¥याएको थियो ।

राष्ट्र संघको निर्णयपछि हाल १९३ बढी देशमा यो दिवस भव्यताका साथ मनाइन्छ । अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलाद्र्ध वसन्त र दक्षिणी गोलाद्र्ध शरदको मौसमयुक्त हुने गर्छ । मौसमको यो ध्रुवीय फरक अनि विविधताको अवसरमा पृथ्वी दिवसको मिति तोकिएको छ । सन् १९७० बाट शरुवात गरिएको यो दिवस सन् २०२१ मा एक्काइसौं वर्षमा प्रवेश गर्छ । त्यस बेलासम्म पृथ्वीको प्रदुषण कम गर्दै स्वच्छ अनि हराभरा पृथ्वीको महत्वकांक्षी योजना पूरा गर्न विश्व समुदाय तल्लीन छ ।

विषयगत कुरो गर्ने हो भने मानिस आफ्नै पैतालामुनि भएको पृथ्वीको अवहेलना गर्दै विज्ञान अनि विकासको मातमा आकाश र अर्को ग्रहको सपनामा हराँउदा पृथ्वी अनि वातावरणमा पर्न गएको नराम्रा असरहरूको इतिवृतान्तको ब्याख्या हुनु जरुरी छ ।

२० औं सताब्दीयता पृथ्वीको बढ्दो तापमान अर्को ठूलो चुनौति हो । वर्षेनी शून्य दशमलव १८ डिग्री सेन्टिग्रेटका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित वरफका चुचुराहरू पग्लिँदै गएका छन् । सूर्यबाट आउने परावैजनी किरण रोक्ने ओजन तहको नास, डर लाग्दा आँधी तुफान र सुनामी जस्ता प्राकृतिक विपत्का घटनामा वृद्धि भइरहेका छन् । यी सवै कुराका लागि अन्य कोही नभएर स्वयं मानिस नै जिम्मेवार छन् ।

ठूला ठूला हवाइजहाज र परमाणु बमहरू श्रृजना र निर्माण गर्न सक्ने उच्चतम प्रयोगशालाहरूमा समेत एक चिम्टी माटो निर्माण गर्न सक्ने हैसियत छैन । त्यहीकारण माटो प्रकृति हो । हावा प्रकृतिको प्रवृत्ति हो । अनि पानी जीवन हो । यिनको रक्षा, सदुपयोग अनि उचित प्रयोगबारे आज विश्वभरि कार्यशला गोष्ठी र अन्य कार्यक्रम गरिँदै १९३ बढी देशहरूमा मनाइन्छ ।

पृथ्वी दिवसका अवसरमा नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिँदैछ । नेपालमा पर्यावरण एवं वातावरण संरक्षणका क्षेत्रमा कार्यरत सामाजिक संघ–संस्थाहरूले पृथ्वी दिवसका अवसरमा विविध कार्यक्रम गर्दै आएका छन् । यस्ता कार्यक्रममा सरकारी अधिकारीहरूले उपस्थिति जनाई ऐक्यवद्धता जनाउने गर्छन् । पृथ्वी दिवसका दिन विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरूले पृथ्वीमा भइरहेको बढ्दो प्रदुषणविरुद्ध चेतनामूलक र्यालीको आयोजना गर्छन् । कतिपय देशहरूमा पृथ्वी दिवसलाई अप्रिल १६ देखि २२ सम्म सप्ताहव्यापी कार्यक्रमका रूपमा मनाइन्छ ।

प्रविधि र व्यस्तताका बाबजुद पनि प्रकृतिमा रमाउँदै रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पुर्नप्रयोग गर्न मिल्ने उर्जाको प्रयोग, प्लाष्टिकको कम प्रयोग अनि वातावरणीय संरक्षणको ज्ञान आजको आवश्यकता हो । प्रकृति सर्वोपरी छ । यसको सुरक्षा हाम्रो कर्तव्य हो । विश्वलाई पृथ्वी दिवसको शुभकामना सगरमाथाको चुचरोदेखि मृत सागरको सतहसम्म पृथ्वीको माया बढोस् । -हाम्रो पात्रोमा सुयोग ढकालले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार