कैलालीमा थरुहट मोर्चाद्वारा विरोध प्रदर्शन !

मनायो टीकापुर विद्रोह दिवस

कैलालीमा थरुहट मोर्चाद्वारा विरोध प्रदर्शन !
प्रकाशित : :

धनगढी: थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीमा विरोध प्रदर्शन गरेको छ । टीकापुर घटना भएको छैटौँ वर्षको अवसरमा मोर्चाले सोमवार कैलालीको बलियामा टीकापुर विरोध दिवससँगै प्रदर्शन गरेको छ ।

भदौ ७ र ८ गतेलाई कालो दिनको रूपमा मनाउँदै आएको मोर्चाले भल्का चोकदेखि बलिया चोकसम्म विरोध प्रदर्शन गरेको हो ।

टीकापुर मुद्दा खारेज गरिनुपर्ने, कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित निलम्बित सांसदसहित राजबन्दीलाई विना सर्त रिहा गरिनुपर्ने, राज्यको हरेक निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने, कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश कायम गरिनुपर्ने, गिरिचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै प्रदर्शन गरिएको थियो ।

कोण सभामा मोर्चाका नेताहरूले अधिकारको लडाइँ जारी राख्ने बताएका थिए । कार्यक्रममा थरुहट नेत्री सुशीला चौधरी, पूर्व सभासद् कृष्णबहादुर चौधरी, गयाप्रसाद कुश्मी, थारु कल्याण कारिणी सभा कैलालीका क्षेत्रीय सभापति लौटन चौधरी, मोर्चाका कैलाली संयोजक माधव चौधरी लगायतले सम्बोधन गरेका थिए ।

संविधान लेखनको क्रममा २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबिच दोहोरो झडप हुँदा १ नाबालक र ७ प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घटेको थियो ।

त्यसको भोलिपल्ट भदौ ८ गते करफ्यू जारी गरिएको अवस्थामा थारु समुदायका ८० भन्दा बढी घर, पसल, एफएमलगायत संरचनामाथि आगजनी गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार