मुलुकभर २३३७ जना कोरोना सङ्क्रमण मुक्त

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि

कोरोना अपडेट नेपाल

काठमाडौं: लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ११७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५७७ जना र ४ हजार ३६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ३८ हजार ९४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३३७ जना कोरोनामुक्त भए, २५ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार ३३७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ०८ हजार २३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ११७ जनाको परीक्षण हुँदा हालसम्म कुल ४३ लाख ३२ हजार १६३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २५ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार