दार्चुलाका बाढी पहिरो पीडितको उद्धार र पुनः स्थापनामा जुट्न स्थानीय प्रशासनलाई मन्त्री जोशीको निर्देशन

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी
धनगढीः सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले दार्चुलाका बाढी पीडितको खोज, उद्धार, राहत र पुनः स्थापनाको लागि स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।

मन्त्री जोशीले प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने काममा ढिलाइ हुँन नदिने बताउँदै, खोज, उद्धार, राहत र पुनः स्थापनाको लागि स्थानीय प्रशासनलाई निर्देशन गरिसकेको बताउनुभयो ।दार्चुलामा लगातार भइरहेको वर्षाले दार्चुलाका विभिन्न ठाउँमा जनधनको क्षति गरेको छ । गए राति पहिरो खस्दा दुँहू गाउँपालिका–१ बास्पालीमा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

घरमाथिबाट खसेको पहिरोमा पुरिएर बास्पालीका ६५ वर्षीय नर सिंह महरको मृत्यु भएको तथा उनकी ६० वर्षीय श्रीमती कौशिला महर बेपत्ता रहेको स्थानीय राम सिंह महरले जानकारी दिए ।

यस्तै दुहुँ गाउँपालिका–५ सुत्खोलामा पनि पहिरोले घर पुर्दा ५० वर्षीय मनुवा डडाल बेपत्ता भएको सोमनाथ आधारभूत विद्यालयका शिक्षक मान सिंह डडालले जानकारी दिए ।

बेपत्ता डडालको खोजी भइरहेको जनाइएको छ । बाढी तथा पहिरोले दुहुँ गाउँपालिकाका आधा दर्जन घरहरू जोखिम रहेका छन् । बाढीले २ लघु जलविद्युत आयोजना, २ झोलुङ्गे पुल, १ आरसिसी पुल बगाएको छ ।

यस्तै गए राति नै निजाङ्ग खोलामा आएको बाढीले महाकाली नगरपालिका–१ श्रीबगडस्थित तिंकर सडकको पक्की मोटरेवल पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका ४ पसलहरू बगाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक ध्रुव विष्टले जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार