दार्चुला बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुग्यो,२ जना बेपत्ता

उद्धार कार्य जारी

दार्चुला बाढी पहिरो

दार्चुलाः दार्चुलामा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । दार्चुलामा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ।आइतबार राति आएको बाढी पहिरोमा परि दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो ।

पहिरोले घर पुरिदा दुहु गाउँपालिका–१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमति कौशा महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले जानकारी दिए । यस्तै दुहु गाउँपालिकाको वडा नम्बर ५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ। कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो ।

यो क्षेत्रमा पाँचवटा पसल, दुईवटा लघु जलविद्युत् आयोजना, चारवटा झोलुंगे पुल र एउटा पक्की पुल बगाएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । उद्धार कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार