दार्चुलामा पहिरोमा परी घाइते भएका २ जनाको उद्धार गरी हेलिकप्टर धनगढी आइपुग्यो

दार्चुलामा पहिरोमा परी घाइते भएका २ जनाको उद्धार गरी हेलिकप्टर धनगढी आइपुग्यो

धनगढी: दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनालाई हेलिकप्टर मार्फत धनगढी ल्याईएको छ । जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याईएको हो ।

दुबै जनालाई थप उपचारका लागि धनगढी पठाईएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । बाढी पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता भएका छन् । बाढीले घर, पुल र लघुजल विद्युत् समेत बगाएको छ । आइतबार राति आएको बाढीपहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो ।

बाढीपहिरो गएको क्षेत्रमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । घाईतेको उद्धार, विस्थापित परिवारलाई राहत र पुनः स्थापना गर्न सुरक्षाकर्मी परिचालित छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार