आज पनि देशका विभिन्न भेगमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान
सांकेतिक तस्बिर

काठमाडौँ :  मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका विभिन्न भेगमा वर्षाको सम्भावना रहेको छ ।

बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश-२ का एकाध ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।

मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले अन्य स्थानमा वर्षाको सम्भावना कम रहेको उनले बताइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार