खुल्यो कञ्चनपुरमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग

कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु, सडक अवरुद्ध

धनगढी : कञ्चनपुरको कृष्णपुरमा एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको बिषयलाई लिएर स्थानीयले अवरुद्ध गराएको पूर्वपश्चिम राजमार्ग खुलेको छ।

कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको थियो।

स्थानीयले कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका थिए। अवरुद्ध पार्ने पक्षसँग छलफल गरेर सहमति गर्ने भएपछि बन्द गरिएको पूर्वपश्चिम राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार