धनगढीमा सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम, कसले के भने ?

सवारी चलाउनु पूर्व सवारीसाधनको अवस्था हेरेर मात्रै सञ्चालन गर्न आग्रह

धनगढीमा दसैँ तिहार लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

धनगढी : धनगढीमा दसैँ तिहार लक्षित ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले दसैँ तिहारलाई लक्षित गर्दै धनगढीमा शुक्रवार सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको आयोजना र सुदूरपश्चिम यातायात मजदुर भलाई कोष समिति, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ, सेती महाकाली ट्रक व्यवसायी सङ्घ लगायत धनगढी उपमहानगरपालिकामा रहेका यातायात प्रा.लि.को सहकार्यमा उक्त कार्यक्रम गरिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नजिकिँदै गरेको नेपालीहरूको महान् चाडपर्व विजया दशमी, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । दसैँ तिहार नजिकिए सँगै दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतनाका लागि आज कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराले जानकारी दिए ।

उनले कैलालीका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष स्थापना गर्ने समेत बताए । बसपार्क, टिकट काउन्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना सङ्क्रमण नियन्त्रणको लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेकजाँच एवं अनुगमन गर्ने, पूर्ण पालना गर्न लगाउने र सचेतना समेत जगाउने प्रहरी निरीक्षक बोहराको भनाई छ ।

सचेतनाका लागि ४ हजार भन्दा बढी पर्चा पम्पलेटहरु वितरण गरिने समेत आफूहरूको लक्ष्य रहेको उनले बताए ।  अन्य समय भन्दा चाडबाडका बेला सवारी दुर्घटना बढी हुने गरेको भन्दै चालक, सहचालक र सरोकार वालाहरुलाई लक्षित गर्दै ट्राफिक सचेतना कार्यक्रमको आयोजना गरिएको सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले बताए ।

उनले सम्पूर्ण चालकहरूलाई आफ्नो सवारीसाधनलाई चेकजाँच गरेर मात्रै सञ्चालन गर्न आग्रह गरे । यस्तै ट्राफिक सचेतना कार्यक्रममा विभिन्न वक्ताहरूले ट्राफिक प्रहरीले चिट मात्रै नकाटेर सवारीको अवस्था, यात्रुहरूको चाप लगायत दुर्घटना न्यूनीकरणका उपाय बारे जानकारी गराउने काम समेत गर्नु पर्ने बताएका थिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी)पुरुषोत्तम कँडेलले सबैले चाडबाड मनाउने गरी सवारी चालकलाई सावधानीपूर्वक सवारी सञ्चालनका लागि आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिआइजी कँडेलले चाडबाडका बेला सबैले घरमा आफन्तहरू कुरेर बसेको बताउँदै सवारी चलाउनु पूर्व सवारीसाधनको अवस्था हेरेर मात्रै सञ्चालन गर्न आग्रह गरे ।

धनगढीको बसपार्कमा गरिएको सचेतना कार्यक्रममा नेपाल यातायात मजदुर सङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्षका  केशव राज पन्तको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल रहेका थिए ।

यस्तै कार्यक्रमको विशिष्ट अतिथिमा बजैनाथ बाहिनी अत्तरिया कैलालीका निमित्त कार्यालय प्रमुख  सहायक प्रहरी वरिष्ठ उपरीक्षक सुरेश श्रेष्ठ, सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक बामदेव गौतम, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारी र नेपाल राष्ट्रिय यातायात महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वारको उपस्थिति रहेको थियो ।

यस्तै सम्पूर्ण मजदुर सङ्गठन, विभिन्न यातायात प्रा.ली का पदाधिकारी, चालक, परिचालक र सर्वसाधारण गरी  दुई सय भन्दा बढीको सहभागिता रहेको थियो । साथै कार्यक्रमका प्रमुख अतिथि तथा डिआइजी कँडेलले उत्कृष्ट चालकलाई सम्मान पत्र प्रदान गरेका थिए । यसै गरी ट्राफिक सचेतना सम्बन्धी सवारी साधनमा स्टिकर टाँस गरी पर्चा पम्पलेट समेत वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार