धनगढीको नवजीवन अस्पतालमा मृत सुत्केरी महिलाका आफन्तले बुझे शव !

धनगढीमा सुत्केरी महिला मृत्यु प्रकरण : ३ दिन सम्म पनि उठेन शव

धनगढी : धनगढीको नवजीवन अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिलाको शव आफन्तले बुझेका छन् । डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि आइतबार बिहान मृत्यु भएको थियो ।

आफन्तले चिकित्सलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव नउठाउने अडान लिँदै आएका थिए। उनको गर्भमा रहेको बच्चालाई भ्याकुम प्रयोग गरेर निकालिएपछि रक्तस्राव भएको अस्पतालले जनाएको थियो ।

मंगलबार अपराह्न भने अस्पताल र आफन्तबीच सहमति जुटेपछि आफ्न्तले शव बुझेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए । उनका अनुसार शवको आजै अन्त्येष्टि समेत गरिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार